मिति : २०८१ वैशाख १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दुर्गिस फिल्म्सको पहिलो भेट 'सायद'

फिल्मीखबर, काठमाण्डौ, 2010/08/28

अहिलेको समयको प्लस टु जेनेरेशन र त्यसभन्दा अघिको जेनेरेशन बीचको कथालाई फरक ढङ्गमा समेटेर चलचित्र "सायद" बन्ने लगभग निश्चित भएको छ ।



दुर्गिस फिल्मसको ब्यानरमा सुरज सुब्बा (नाल्बो) ले निर्देशन गर्न लागेको सो चलचित्र छायाकंन आगामी कार्तिक महिनाको अन्तिम साताबाट सुरू गरिने निर्माण पक्षले जानकारी दिएको छ । चलचित्रको कथा निर्देशक सुरजले नै लेखेका हुन् । अहिले सो चलचित्रको गीत रेकर्डिङ कार्य भईरहेको छ ।
 



बैकिंक पेशा अपनाएका सुनिल रावल यस चलचित्रका निर्माता हुन भने उनि यस चलचित्रमा नायक भएर अभिनय गर्दैछन् । यस्तै फिल्मीखबरलाई दिइएको जानकारी अनुसार नायिकमा झरना थापा यस चलचित्रका लागि अनुबन्धित भईसकेकी छिन भने निर्देशक नारायण पुरीका छोरा संयम पुरीले यस चलचित्रबाट नायकको रूपमा डेब्यू गर्दैछन् । चलचित्रका अन्य कलाकार र प्राबिधिकको छनोट भने हुन बाँकी रहेको निर्देशक सुब्बाले जानकारी दिए ।
 




सञ्जय लामाले क्यामेरा चलाउने चलचित्र 'सायद' मा गायक बाबु बोगटी, न्यू बज्रचार्य र स्याडोज बैण्डले संगीत भरेको बताईएको छ । यस्तै यस अघि 'त्यसैले त रोजें तिमिलाई' बनाउने तयारी गरिरहेका निर्माता सुनिल रावलले हाल त्यो चलचित्रलाई रोकेर 'सायद' बनाउन लागेका हुन । 'सायद' बन्ने बित्तिकै निर्देशक सबिर श्रेष्ठको निर्देशनमा "त्यसैले त रोजें तिमिलाई" निर्माण गरिने सुनिलले बताए । चलचित्र 'सायद' को अनलाईन मिडिया पार्टनर फिल्मीखबर डटकम रहने छ ।