मिति : २०८२ वैशाख ३१, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फिल्म साइन गर्न नसकेकोमा आफैंलाई थप्पड हानेँ : गोविन्दा

एजेन्सी, मुम्बई, 2023/09/21

Happy Birthday Govinda, King of Expression! Let's recall 10 of his  super-hit Bollywood movies!

 

८०/९० को दशकमा बलिउडमा आफ्नो ठूलो दबदबा बनाएका सुपरस्टार गोविन्दा केही वर्षयता फिल्मविहीन छन् । उनलाई लिएर फिल्म बनाउन मेकरहरुले नै इच्छा देखाएका छैनन् । त्यसको मुख्य कारण उनको खस्कँदो क्रेज हो । कुनै समय उनलाई फिल्ममा लिनकै लागि मेकरहरु महिनौंसम्म कुर्थे । प्रायः हरेक फिल्म सुपरहिट हुन्थे । तर, अहिले गोविन्दाका लागि त्यो सपना बनेको छ ।

उनले ४ वर्षदेखि कुनै फिल्ममा काम गरेका छैनन् । तर, अघिल्लो वर्ष एक सय करोडको फिल्म आफूले अस्वीकार गरेको उनको दाबी छ । अहिले आफू कुनै फिल्म गर्नुभन्दा अगाडि धेरै सोच्न थालेको बताउँदै उनी भन्छन्, ‘म कुनै पनि काम झट्टै गर्दिनँ । तर, जसलाई लाग्छ कि मैले काम पाइरहेको छैन भन्ने, उनीहरुलाई भनिदिउँ कि मैले गत वर्ष एक सय करोडको फिल्म छाडेको थिएँ ।’

फिल्म सम्झौता गर्न नसकेकोमा आफैंलाई थप्पड हानेको समेत उनको भनाई छ । ‘एउटै फिल्म सम्झौता गर्न नसकेकोमा शिशाको अगाडि उभिएर मैले आफैंलाई थप्पड हानेको थिएँ । उनीहरुले मलाई राम्रो पैसा समेत अफर गरेका थिए । तर, म अब साधारण रोल गर्न चाहन्नँ । म केही यस्तो गर्न चाहन्छु, जुन पहिला गरेको थिइनँ । केही फरक भूमिकामा काम गर्न चाहन्छु,’ गोविन्दाले भने ।

१९८६ मा फिल्म ‘लभ ८६’बाट अभिनय करिअरको सुरुवात गरेका उनी पछिल्लो पटक ‘रंगीला राजा’मा देखिएका थिए, जुन २०१९ मा प्रदर्शन भएको थियो । अहिले गोविन्दाको नाम एक हजार करोडको पेन इन्डिया अनलाइन पोन्जी स्क्याममा जोडिएको अवस्था छ । उनीसँग ‘द ओडिशा इकोनमिक अफेन्सिस विंग’ले सोधपुछ गर्न लागेको जनाइएको छ । उनलाई नोटिस पठाइसकिएको छ ।