मिति : २०८१ वैशाख ४, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(9 votes, avg 4.11/5.00)
Text size:-
+
-

सौगात मल्लसँग भयंकर रोमान्स गरेको बताउने को हुन् कमली ? (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2016/12/06
 
सौगात मल्ल स्टारर फिल्म 'शब्द' रिलिजको संघारमा छ । आउँदो पौष २९ बाट प्रदर्शनको तयारीमा रहेको फिल्मको निर्माण टिम अहिले प्रचार प्रसारलाई तिब्र बनाउने क्रममा छ । यो फिल्ममा सौगातसँग अनस्कृन रोमान्स गरेकी छिन् अभिनेत्री कमली वाईवाले । 
 
पछिल्लो १८ बर्षयता हङकङमा बस्दै आएकी कमली त्यहाँ रहँदा पनि नेपाली कला संस्कृतिको पक्षमा लाग्छिन् अनि नेपाल आउँदा फिल्मको अभिनयलाई निरन्तरता दिन्छिन् । केहि दिन पहिले काठमाडौंमा फिल्मीखबरसँगको भेटमा कमली हर्षित देखिईन् ।
 
'शब्द'मा सौगात मल्लसँग काम गर्दाको अनुभव कस्तो रह्यो भन्ने प्रश्नमा उनले भनिन्, 'सौगातसँग भयंकर रोमान्स गरियो', साथी साथीको सम्बन्ध फिल्ममा छ, तर स्कृन सेयरको अनुभव भयंकर रह्यो, कमली गुञ्जिईन् । 
 
हिरोईन भन्दैमा छोटा लुगा लगाउने पर्ने, हट ड्रेस नै चाहिने हुन्न भन्ने कमली समय, समाज र परिवेश अनुकुलको ड्रेसअप प्रयोग गर्नुपर्ने तर्क गर्छिन् । टिपिकल नेपाली परिवेशको कथा बोल्ने 'शब्द'ले दर्शकको मन जित्ने उनको विश्ववास छ । यो फिल्ममा सन्तोष शिवाकोटीको निर्देशन छ भने कमली र सौगातसँगै अनुभव रेग्मी पनि लिड अभिनयमा छन् ।
 
कमली वाईवासँगको रमाईलो भिडियो कुराकानी भिडियोमा हेर्नुहोसः