Kollywood Exclusive - Nepali Movie News, Reviews, Event gallery, Nepali Celibrity, Nepali Actor, Nepali Actress, Nepali Film, Nepali songs, Nepali Videos, Nepali Film Director Producer, Film Poll
नायिका ऋचा घिमिरे र निर्देशक शंकर घिमिरे दिल्ली हुँदै अस्ट्रेलिया जाँदै छन् । आफूहरूले निर्माण गरेको चलचित्र 'वीरताको चिनो' को प्रिमियरको लागी ऋचा र शंकर अस्ट्रेलिया जान लागेका हुन् ।
अस्ट्रेलियाको प्रमुख शहर सिड्नीमा हुन लागेको प्रिमियर शो मा सहभागी हुन उनीहरू हिजो नै दिल्ली पुगी सकेका छन् । सम्भवत शनिबार उनीहरू अस्ट्रेलिया प्रस्थान गर्नेछन् । सिड्नी स्थित हर्स्टभिल इन्टरटेन्मेन्ट सेन्टरमा अगस्ट १ तारिखमा चलचित्र 'वीरताको चिनो' लाई अस्ट्रेलिया बासी नेपालीहरूले चलचित्रकी नायिका ऋचा र निर्देशक शंकरको साथ हेर्न पाउने छन् ।
जीन्दगीलाई नै मोजमस्ती सम्झने युवापछि गएर देशको लागी त्याग र बलिदान दिन पनि तयार हुन्छन् भन्ने मुख्य कथाबस्तुमा आधारित भएर निर्माण गरिएको सो चलचित्रमा ऋचा घिमिरे, सुमन सिंह, विराज भट्ट, रञ्जना शर्मा, ध्रुव दत्त, रेजिना उप्रेती, कल्याण घिमिरे, सुशिल पोखरेल, सोभिता सिंखडा लगायतका कलाकारको अभिनय गरेका छन् । चलचित्रलाई श्याम सुवेदी, श्याम अर्यालले निर्माण गरेका हुन् । सिड्नीको प्रदर्शन पश्चात अन्य शहरहरूमा पनि प्रदर्शन गर्ने प्रायोजक संस्था क्याट्म्याण्डु फिल्म्सले जनाएको छ ।