Kollywood Exclusive - Nepali Movie News, Reviews, Event gallery, Nepali Celibrity, Nepali Actor, Nepali Actress, Nepali Film, Nepali songs, Nepali Videos, Nepali Film Director Producer, Film Poll
संगीतकार सम्भुजित बाँस्कोटाले बिहिबार करिब एक दर्जन गायक गायिकाहरूलाई एकै थलोमा जमघट गराए । सो जमघटमा पुराना देखि नयाँ गायक गायिकाहरू उपस्थित थिए । प्रसङ हो तीन चलचित्र 'मलाई मन पर्यो', देशले रगत मागे' र 'ग्याम्बलर' को गीत रेकर्डिङको ।
राजधानीको नक्साल स्थित भर्जिन रेकर्डिङ स्टुडियोमा गायक उदय सोताङ, गायिका मनिला सोताङ देखि उनकी छोरी श्रेया सोताङ, माण्डबी त्रिपाठी, सन्तोष लामा, हेमन्त राना, रजिना रिमाल, संजय लिम्बुलगायतका गायक गायिकाहरू उपस्थित थिए । रमेशजंग रायमाझीले निर्माण गरेको चलचित्र 'मलाई मन पर्यो' मा रीमा गुरूङ, रजिना रिमाल, स्वरूपराज आचार्य, सन्तोष लामा, माण्डबी त्रिपाठीलगायतले स्वर दिएका छन् भने बद्री अधिकारीको चलचित्र 'देशले रगत मागे' मा माण्डबी त्रिपाठी, संजय लिम्बु सहितका गायक गायिकाहरूले स्वर दिएका छन् । त्यसैगरी रमेश बुढाथोकिले निर्देशन गर्न लागेको चलचित्र ''ग्याम्बलर' मा पनि यिनै गायक गायिकाहरूले स्वर दिएका छन् ।
चलचित्रमा प्रस्तुत गायक गायिकाहरूको साथमा उदितनारायण झा, दिपा झा, सिने गुरूङ, यम बराल, रामकृष्ण ढकालले पनि स्वर दिने भएका छन् । चलचित्रका सबै गीतहरूमा सम्भुजितको संगीत र मनोहर सुनामको संगीत संयोजन रहेको छ । सञ्चारकर्मीसँग बोल्दै संगीतकार बाँस्कोटाले पुराना देखि नयाँ अनुहारलाई एकै थलोमा प्रस्तुत गर्न पाएकोमा खुसी व्यक्त गरे । साथमा चलचित्रका गीतहरू असाध्धै राम्रो भएको दाबी गरे ।