Kollywood Exclusive - Nepali Movie News, Reviews, Event gallery, Nepali Celibrity, Nepali Actor, Nepali Actress, Nepali Film, Nepali songs, Nepali Videos, Nepali Film Director Producer, Film Poll
नेपाली चलचित्रमा बिदेशी चलचित्रको गन्ध आएन भने त्यो चलचित्र पूर्ण नहुने पक्का पक्की जस्तै भएको छ । नेपाली चलचित्रको नाम, कथाबस्तु, गीतसंगीत, प्रस्तुती सबैमा बिदेशी चलचित्रको गन्ध आउँछ ।
पछिल्लो समयमा युवाबर्गले निकै आश गरेको चलचित्र 'फस्ट लभ' पनि त्यो गन्धबाट अछुतो रहन सकेन । 'फस्ट लभ' का कोरियोग्राफर शंकर बिसीले लाजै पचाएर हिन्दी चलचित्र 'जाने तु या जानेना' को 'नजरे मिलाना'''' बोलको गीतको कोरियोग्राफीलाई आफ्नो चलचित्रमा स्थान दिएका छन् । 'फस्ट लभ' को 'बाइरोडको बाटोमा...' को कोरियोग्राफी 'जाने तु या जानेना' को 'नजरे मिलाना...' बोलको गीतको कोरियोग्राफीसँग मिलेको छ । यद्दपि चलचित्रका पटकथाकार प्रचण्ड श्रेष्ठले भने यसलाई एउटा संयोग मात्र भएको दाबी गरेका छन् । चलचित्रका निर्माता माधव वाग्लेले पनि आफ्नो चलचित्र बिशुद्व नेपाली चलचित्र भनेर पन्छिन खोजे ।
यता चलचित्रका नायक कर्मले 'फस्ट लभ' को आफ्नो भुमिका नेपाली चलचित्र 'सानो संसार' मा गरेको भुमिकासँग केही हदसम्म मिल्न गएको खुलासा गरेका छन् । यस चलचित्रमा कर्म आफूलाई मन परेको केटीलाई प्रेम प्रस्ताव राख्न नसक्ने युवकको चरित्र निर्वाह गरेका छन् । यस अघि नै उनी आलोक नेम्वाङले निर्देशन गरेको चलचित्र 'सानो संसार' मा सोही चरित्रमा प्रस्तुत भईसकेका छन् ।
यसरी आश गरिएका चलचित्रहरूमा पनि बिदेशी चलचित्रको गन्ध आउन थालेपछि नेपाली चलचित्र प्रेमी दर्शकहरूले कहिले राम्रो र शुद्व नेपाली चलचित्र हेर्न पाउने ?
COMMENTS (4)
mausam, 2010-07-31 15:23:23
simos ji ko mind ma totle nepali film ko socha pani ta hunu parayof ni?hindi ko cope na garay kasari film pura hun6 ta?
Gobinda Armaja England, 2010-07-30 21:02:38
Producerle yo pure Nepali film ho vanne?????? filmko naam pani Nepali nai ho ki ?????????????? Pahilo Prem ta Dhiren Shakya ko first film ho pure Nepali film.
Aashu Maharjan, 2010-07-29 22:04:00
dukha lagyo yo kura le. simos ji ko film ta yesto hunu naparne ho tara bhar ta hudaina hai tara pani film ramro pakkai chha.
anynomus , 2010-07-29 21:34:42
how the hell u can compare that its from hindi movie without watching the film....u guys sud be ashamed for writing this....