एजेन्सी, २०६७ श्रावण ११, मंगलवार
बलिउड नायिका ऐश्वर्या राय यस दशककै उत्कृष्ट बलिउड नायिका साबित भएकी छिन्। यस दशकका उत्कृष्ट दस भारतीय अभिनेत्रीमा ऐश्वर्याले यस दशककै शासन गरेको भारतीय संचार माध्यमले जनाएको छ।
सबैभन्दा अग्रपङ्क्तिमा रहेकी ऐश्वर्यालाई द क्विन उपाधि दिइएको छ। ऐश्वर्याको माग आजसम्म पनि सर्वाधिक धेरै रहेको बताइएको छ। संचार माध्यमहरुले पनि उनलाई विश्वकी सबैभन्दा सुन्दर नारीको रुपमा चर्चा गर्दै आएका छन्। सर्वेक्षणअनुसार दोस्रो स्थानमा नायिका काजोल सबैभन्दा प्रतिभाशाली अभिनेत्रीको रुपमा छानिएकी छिन्। हाल काजोलले पुनःनिर्माणाधिन हलिउड चलचित्र स्टेफनमा काम गरिरहेकी जनाइएको छ। तेस्रो स्थानमा बारवीई डल क्याट्रिना कैफ रहेकी छिन्। भारतीय दर्शकहरु उनलाई सुन्दरी नायिकाको रुपमा लिन्छन्।
ब्राउन आई ब्युटी रानी मुखर्जी यस दशककी चौथो स्थानमा रहन सफल भएकी छिन्। द ब्राट प्रीति जिन्टा पाँचौं स्थानमा रहेकी छिन् भने कामुक र कठोर उपनाम पाएकी प्रियंका चोपडा भने छैटौं स्थानमा परेकी छिन्। द सिरन विपाशा वासु सातौं जिरो साइज करिना कपुर आठौं द हट्के गल कङ्गना रनावत नवौं र द ओल्ड ब्युटी दिव्या बलान दसौं स्थानमा रहेकी छिन्। |