एजेन्सी, २०६७ श्रावण ७, शुक्रवार
बलिउड हिरोइन दीपिका पादुकोणलाई ट्याटु बनाउँदा खुबै दुख्यो रे। भर्खरै खुट्टामा ट्याटु बनाएकी बलिउडकी पादुकोणले कुर्कुच्चाछेउ टाटु बनाएको मुम्बई मिररले छापेको छ। ओम शान्ति ओमबाट चर्चित हिरोइनको श्रेणीमा उक्लेकी पादुकोणले यसअघि घाटीमा पनि ट्याटु बनाएकी थिइन्।
मिररका अनुसार उनले हालै लन्डनमा हुँदा ट्याटु बनाएकी हुन्। 'त्यहाँ हुँदा उनले एक्कासी ट्याटु बनाउने निर्णय गरिन्,' स्रोतलाई उल्लेख गर्दै पत्रिकाले लेखेको छ, 'पहिले नै ट्याटु बनाइसकेकाले उनलाई कति दुख्छ भन्ने थाहा थियो।'
दीपिकाले एउटा टेव्लोइड अखबारलाई नयाँ ट्याटु बनाएको स्विकार समेत गरेकी छिन्। 'म कहाँ र कहिले बनाएको चाही भन्दिन,' उनले भनिन्, 'यो चाही नयाँ नै हो। तपाँईले पहिले यो देख्नु भएको थिएन। यो ट्याटु गर्नका लागि सबैभन्दा बढी दुख्ने ठाउँ हो।'
|