एजेन्सी, २०६७ श्रावण ४, मंगलवार
सलमान खानलाई एकाएक के भयो कुन्नि उनी आफ्नी प्रेमिका कैटरीना कैफको नाम नै सुन्न चाहँदैनन्। सलमानको भिनाजु हुनुको फाइदा उठाउँदै बलिउड निर्देशक अतुल अग्निहोत्रीले सलमानलाई लिएर दुईवटा फ्लप चलचित्र बनाइसके पनि पुनः उनलाई नै लिएर अर्को चलचित्र बडिगार्ड बनाउने भए।
भिनाजुले निर्देशन गर्ने चलचित्रमा खेल्न सलमान पनि राजी हुने नै भए। जब कुरा आयो नायिकाको र अतुलले नायिकामा कैटरीना कैफलाई लिने कुरो गरे। सलमानले एकाएक कैटरीनालाई लिन अस्वीकार गरे। जब सलमानले अतुलले कैटरीनालाई लिन लागेको कुरा बाहिरैबाट थाहा पाए सलमानले अतुललाई भेटेर उनलाई नलिन सुझाए। सलमानले कैटरीनाको ठाउँमा दीपिका पादुकोणेलाई लिन आफ्ना निर्देशक भिनाजुलाई आग्रह गरे।
दीपिकाको भाग्य नै होला हिजोआज बलिउडका नायकहरु उनकै नाम लिने गर्छन्। केहीअघि मात्रै पनि जोन अब्राहिमले कैटरीनाको नाम लिएको भारतीय साचारमाध्यमले जनाएको छ। उनले त सार्वजनिक रुपमै भनेका थिए 'म दीपिकासँग काम गर्न चाहन्छु।’ जोनको कुरा अर्कै हो। तर सलमानले आफ्नो प्रेमिका कैटरीनाको ठाउँमा दीपिकालाई लिनु भन्नुको कारण के हो भन्नेबारे बलिउडमा अहिले ठूलो चर्चा चलेको छ। |