एजेन्सी, २०६७ श्रावण ३, सोमवार
बलिउड नायिका विपाशा वासुले प्रियंका चोपडाको २८औं जन्मदिनमा उनलाई छिट्टै नै पन्जाबी दुलाहा मिलोस् भनेर शुभकामना दिएकी छिन्।
थाइल्यान्डको फुकेट द्वीपमा जन्मदिन मनाइरहेकी प्रियंकालाई ट्वीटरबाट ट्वीट गर्दै सन्देश पठाएकी थिइन् 'मेरा सबै साथीको तर्पुबाट जन्मदिनको बधाई। तिम्रो जीवनमा धेरै पैसा र सफलता मिलोस्। यसको साथसाथै तिमीलाई असाध्यै माया गर्ने पन्जाबी प्रेमी पनि मिलोस्।’
प्रश्न उठ्न सक्छ विपाशाले किन पन्जाबी प्रेमी मिलोस् भनेरै शुभकामना दिइन्। किनभने हालै मात्र प्रियंकाले एक साक्षात्कारमा पन्जाबी युवकसँग नै बिहे गर्ने इच्छा व्यक्त गरेकी थिइन्। विपाशामात्र होइन कामुक सुन्दरी प्रियंकालाई जन्मदिनको बधाई र शुभकामना दिन दर्जनौं शुभचिन्तक प्रशंसक र बलिउडकर्मीको ताँती लागेको थियो।
प्रीति जिन्टाले उनको जन्मदिनका लागि 'तिमीलाई धेरै धेरै माया’ भनेकी थिइन् भने सोनम कपुरले 'तपाईं विश्वको कुलेस्ट हिरोइन हो’ भनेकी थिइन्। उनलाई गायिका श्रेया घोषाल मधुर भण्डारकार फराहा खान सम्मी कपुरजस्ता नयाँ-पुराना बलिउड हस्तीले जन्मदिनको बधाई ट्वीटरबाट दिएका थिए। |