एजेन्सी, २०६७ आषाढ २७, आईतवार
फिफा विश्वकप २०१० को समापन समारोहको प्रमुख आकर्षण हुनेछिन् सकिरा। 'वाक वाक...' गीतमा कम्मर मर्काउँदै उनी स्टेजमा देखिनेछिन्। स्टेडियममा हजारौं फुटबल फ्यान उनको आकर्षक नृत्यमा झुम्नेछन्।
विश्वका करोडौं मानिस टेलिभिजनको पर्दामा उनलाई नियालिरहँदा एउटी सानी फुच्चीले आफ्नो सुन्दर सपना साकार भएको पाउनेछिन्। विश्वकप २०१० दक्षिण अफ्रीकी आयोजन समितिका प्रवक्ता जर्मेन क्रैगका अनुसार, "यस समापन समारोहमा बिशिष्ट प्रबिधीको प्रयोग गरीने भएको छ, जसमा लाइटिंग इफेक्ट्स तथा स्पेशल इफेक्ट्स प्रमुख हुनेछ।"
समापन समारोह फाइनल गेमभन्दा अगाडि हुनेछ। यो एकसाथ विश्वका २ सय १५ देशमा प्रत्यक्ष प्रसारण गरिनेछ। समापन समारोहको प्रत्यक्ष प्रसारण विश्वका ५० करोड मानिसले हेर्ने अनुमान गरिएको छ। यति धेरै मानिसले एकसाथ उनलाई नियालिरहेका हुनेछन्। |