एजेन्सी, २०६७ आषाढ २४, बिहिवार
हलिउडकी चर्चित अभिनेत्री लिन्ड्से लोहानलाई अमेरिकी अदालतले ९० दिनको जेल सजाय तोकेको छ । मादकपदार्थ सेवन गरेर पटक-पटक कानुन उलंघन गरेका कारण उनलाई अदालतले जेल सजाए तोकेको हो ।
यसअघि, पनि उनी मद्यपान सेवनका कारण बारम्बार विवादमा परेकी थिइन् । मद्यपान सेवन गरेर सवारीसाधन चलाउने क्रममा उनले यसअघि धेरै पटक सवारी कानुन तोडेकी थिइन् । जसका कारण पटक-पटक उनलाई प्रहरीले पक्राउ गरेर थुनामा राखेको थियो । यसरी मद्यपान सेवनपछि बारम्बार कानुन मिचेकाले उनीविरुद्ध अदालतमा मुद्दा परेको थियो । सोही मुद्दाको निर्णय गर्ने क्रममा अदालतले ९० दिनको सजाय घोषणा गरेको हो ।
सजाय सुनाइएपछि अदालत परिसरमै अभिनेत्री लिन्ड्से रोइन् । तीन महिना जेल सजायपछि उनलाई नशा मुक्ति तथा पुनर्उत्थान केन्द्रमा राखेर उपचार गर्न पनि अदालतले निर्णय गरेको छ । उपचारका लागि उनलाई पुनर्उत्थान केन्द्रमा पनि तीन महिनासम्म राख्नु पर्ने पनि अदालतको निर्णय उल्लेख छ ।
मद्यपान सेवनको लत लागेपछि आफ्ना पितासँग पनि लिन्डसे लोहानको सम्बन्ध राम्रो छैन । यसरी अदालतले जेल सजाय सुनाए पनि उनले मद्यपान भने छोड्न सकेकी छैनन् । |