एजेन्सी, २०६७ आषाढ २२, मंगलवार
मोडल, अभिनेत्री, गायिका र रियालिटी टिभीका स्टारका रुपमा चर्चामा छाउन सफल पेरिस हिल्टनलाई शुक्रबार ब्राजिल र नेदरल्यान्डसबीचको खेलपछि प्रहरीले नियन्त्रणमा लियो।
दक्षिण अफ्रिकाको पोर्ट एलिजाबेथ मैदानमा भएको खेलपछि प्रहरीले लागू पदार्थ राखेको आरोपमा उनी र उनका मोडल साथीलाई नियन्त्रणमा लिएको थियो। २९ वर्षीया पेरिसलाई प्रहरी र वकीलहरुको छलफलपछि मध्यरातमा हिरासतमुक्त गरिएको थियो।
उनकी मोडल साथी ३१ वर्षीया जेनिफर रोभेरोले गाँजा राखेको स्वीकार गरेपछि पेरिसविरुद्धको अभियोग प्रहरीले फिर्ता लिएको थियो। हिरासतमुक्त भएपछि पेरिसले यसरी ट्विट गरेकी थिइन्- "सब कुरा ठीक छ। म प्रहरीलाई सहयोग गरिरहेको थिएँ। म दक्षिण अफ्रिकालाई माया गर्छु"। |