Kollywood Exclusive - Nepali Movie News, Reviews, Event gallery, Nepali Celibrity, Nepali Actor, Nepali Actress, Nepali Film, Nepali songs, Nepali Videos, Nepali Film Director Producer, Film Poll

RB Music Production   |   मिति : २०६७ भाद्र २४, बिहिवार
HOME CELEBRITIES MOVIES PHOTO GALLERY MUSIC EVENTS
चलचित्रको प्रचार प्रसारमा भुवन
सुमन गैरे, काठमाण्डौ, २०६६ फाल्गुन २५, मंगलवार

चलचित्र निर्माण गर्नु मात्र ठूलो कुरा हैन । चलचित्रलाई प्रचार प्रसार गरेर चर्चामा ल्याउन जान्नु पनि ठूलो कुरा हो । नेपाली सिने जगतमा केहि मात्र यस्ता व्यक्ति छन् जसले चलचित्र निर्माण मात्र हैन प्रचार प्रसार पनि गर्न राम्रो सँग जानेका छन् । तिनै व्यक्तिहरू मध्ये एक हुन नायक तथा निर्माता भुवन केसी ।

 

भुवनलाई चलचित्र निर्माण गर्ने तरिका मात्र हैन त्यसको प्रचार प्रसार गर्ने राम्रो ज्ञान समेत छ । यहि कारणले पनि उनका हरेक चलचित्रहरू सफल हुने गरेका छन् । प्रसङ्ग हो निर्माणाधिन चलचित्र 'साथी म तिम्रो' को । गत सोमबार राजधानीको गोपीकृष्ण हलमा नायक भुवन केसीले आफूले निर्माण गर्दै गरेको पछिल्लो चलचित्र 'साथी म तिम्रो' को क्लाईमेक्स सिनको छायाँकन गरिरहेका थिए तर रङगीचङगी तोरणले चारैतिर सजाइएको हल परिसरमा चलचित्र 'साथी म तिम्रो' को ब्यानर राखिएकोले दर्शकहरू त एकछिन् झुक्किए पनि । केही दर्शकहरूले त चलचित्र 'साथी म तिम्रो' प्रदर्शन भईरहेको रहेछ समेत भन्न भ्याए । हल परिसरमा मानिसहरू निकै भिड रहेको केही दर्शकहरूले त टिकट काट्नेको निकै भिड रहेको अड्कल पनि काटे ।

 

काजल फिल्मको प्रस्तुति 'साथी म तिम्रो' ले सय दिन मनाएको ब्यानर देखेपछि नामै नसुनेको चलचित्रले कसरी सय दिन मनायो भनेर प्रश्न गर्ने दर्शकहरू पनि नभएका हैनन् तर नायक भुवनले टाँसेका ति पोस्टरहरूमा निर्देशक, निर्माता तथा अन्य चलचित्रकर्मीहरूको नाम नदेखेपछी आफूहरू भ्रममा परेको थाहा पाए । मैले त धन्नै टिकट काउन्टरमा गएर 'साथी म तिम्रो' को टिकट मागिन्', हिन्दी चलचित्र हेर्न हल पुगेकी एक महिलाले भनिन्, 'हिन्दी चलचित्र हेर्न आएको भएपनि १०० दिन मनाएको चलचित्रको पोस्टर देखेपछि यहि चलचित्र हेर्छु भनेर मनस्थिती बनाई सकेकी थिएँ तर पछी सुटिङको लागी टाँसेको भन्ने थाहा पाएपछी चलचित्र नहेरी त्यही भुवन केसी र रेखा थापाको सुटिङ हेर्न थालें।'

 

यता नायक भुवनले दर्शक झुक्याउने आफ्नो मनसाय नभएर चलचित्रको कथा भित्र आफूले निर्माण गरेको चलचित्रले १०० दिन मनाएको खुसीमा दर्शकको भिडमा आफ्नो खुसी साट्ने सिनको छायाँकन गरेको बताए । चलचित्र भित्र 'साथी म तिम्रो' मा निर्माताको भूमिका गरेका भुवनले आफ्नो चलचित्र सफल भएपछि आफू हलबाट बाहिरिँदै गरेको भूमिकामा उनलाई भीडले उचाल्दै गरेको सिन खिच्न दर्शकको भिड रहेकोले पनि दर्शकहरू झुक्किएको भुवनले बताए ।

 

परिसरमा दर्शकरूको भीडले भुवनलाई उचाल्नु पर्ने, ताली बजाउनु पर्ने, दृश्य भएकोले भुवनले चलचित्र हेर्न आएका थुप्रै दर्शकरूलाई उक्त दृश्यको लागी प्रयोग गरेका थिए । दर्शकहरू पनि चलचित्रमा आफ्नो अनुहार देखिने रहरले चलचित्र नै नहेरी त्यही भिडमा रमाएका थिए । यो त भयो दर्शकहरू समक्ष भुवनको नयाँ चलचित्रको प्रचार प्रसार गर्ने नयाँ शैली ।

 

भुवनले आफ्नो चलचित्रलाई सञ्चारमाध्यममा ल्याउन चलचित्र भित्र केही पत्रकारहरूको अनुहार समेत कैद गरे । 'साथी म तिम्रो' सुपरहिट भएपछि हलबाट कार चढेर निस्किएका भुवन र रेखाको अन्तर्वार्ता लिनु पर्ने दृश्यमा उनले पत्रकारहरूलाई प्रयोग गरेका हुन् ।

वाह ! नायक भुवन केसीको दिमागलाई पनि मान्नै पर्छ ।

 

 

 

COMMENTS (0)
 
COMMETS
NAME
EMAIL
COMMENT
Visual CAPTCHA
     
     
WORLD PREMIERE
     
 
     
LATEST PROMO
     
 
     
POLL
निर्देशक तुलसी घिमिरेको जेठी छोरी भावना घिमिरे निर्देशक बन्ने कुरामा कत्तिको बिश्वस्त हुनुहुन्छ ?
१०० %
५० %
० %