Kollywood Exclusive - Nepali Movie News, Reviews, Event gallery, Nepali Celibrity, Nepali Actor, Nepali Actress, Nepali Film, Nepali songs, Nepali Videos, Nepali Film Director Producer, Film Poll

RB Music Production   |   मिति : २०६७ भाद्र २४, बिहिवार
HOME CELEBRITIES MOVIES PHOTO GALLERY MUSIC EVENTS
पाल्पालीलाई नचाईन् अञ्जुले
माधब अर्याल , पाल्पा, २०६६ फाल्गुन २५, मंगलवार

मान्छेको भिडले धुलाम्मे थियो तानसेनको टुँडिखेल । शुक्रवार देखि सुरु भएको औद्योगिक व्यापार मेला एवं पर्यटन महोत्सवमा आयोजक दर्शक नजुट्दा हैरानी थिए । तर, सोमवार अचम्म भो, स्थानीय संचारमाध्यमले गायिका अन्जु पन्त आउने प्रचार गरेको थियो । त्यसैले होला हज्जारौ दर्शक अटेशमटेश गर्दै उनलाई कुरिरहे ।

 

स्टेज कार्यक्रम संचालक मन्जु पौडेलले दर्शकलाई अन्जु पन्त आउदैछन् भन्ने संकेत दिएकैले होला । टुडिखेलको भिड पन्तलाई कुरेरै बस्यो । ४ बज्न थालिसक्दा पनि पन्त नआउदा दर्शकदिर्घाबाट अन्जु पन्त, अन्जु पन्त भन्न थाले । टाढा टाढाबाट आएकाहरु फर्किन ढिलाई भएकोले भन्दै थिए, पन्त खै ? । यत्तिकैमा उद्घोषक मन्जु महतले अव म विदा हुदै अन्जुलाई निम्त्याउछु के भनेकि थिईन् नाच्न थाले दर्शक । पन्त साथै राष्ट्रिय कलाकारको उपस्थितिले दर्शक थामिनसक्नु तानसेन टुडिखेलको खेल मैदानको स्टेजमा हास्दै, हेल्लो पाल्पाली भन्दै एकाएक देखापरिन् गायिक पन्त । उनको साथमा श्रीमान् मनोजराज सेवा पनि थिए । 

 

पाल्पाली दर्शक देखेर अचम्म परेकी पन्तले भनिन्, ओ नो भेरी क्राउड । उनले ढिला नगरी पस्किहालिन् न विर्से तिमिलाई, नपाए तिमीलाई, विना अर्थ दिलमा सजाय तिमीलाई....................कर्णपि्रय स्वरकी धनी पन्तले सबैलाई नाच्न र साथमा गीत गाउन बाध्य पारिन् । हात हल्लाउदै पुरै दर्शकले गीत गाउदा तानसेन नै गुन्जियो । प्रचार प्रसार संयोजक मोहन श्रेष्ठ खुसी हुदै भने, 'यति धेरै मान्छेको भिड कमै जम्मा हुन्छ, तर गजबै भयो' कालो चस्मा ढल्काउदै अभिवादन गर्दै पन्तले आफ्ना सर्वपि्रय गीत गाउन थालिन् । दर्शकमाझ उपस्थित छु भन्न नपाउदै तालीले मैदान गुन्जियो । युवा, बालबालिका, किशोर किशोरी, अधवैशेहरु उनीसंगै स्वरमा स्वर मिलाएर गीत गाउन थाले ।

 

सदरमुकाम तानसेन यति धेरै मान्छेको जमघट पहिलो नै थियो । २० हजार बढी दर्शकले भरिएको टुडिखेल साच्चिकै रमाईलो बन्यो । औद्योगिक व्यापार मेला एवं पर्यटन महोत्सव हेर्न आएका दर्शकहरु टेलिभिजनको पर्दामा मात्रै देख्दै आएकी पन्तलाई प्रत्यक्ष देखेपछि अधिक हौसिए । आयोजक पाल्पा उद्योग वाणिज्य संघले पन्तले गर्दा महोत्सवमा रौनक आएको बताए ।

 

न विर्से तिमीलाई, नपाए तिमीलाई ....बोलको आधुनिक गीतबाट चर्चाको शिखरमा पुगेकी पन्तले आफ्ना चर्चित गीत गाईन् । पन्तले मलाई बासुरीले रुवायो..........., तिर्खा लाग्यो पानी खाए, मैले के विराए..............,मेरो प्यारो माईतीघर.....जिन्दगी यो फुलै फुलको थुंगा हुदैन.........तिमीले पराई ठानेपछि........ लगायत आफ्ना चर्चित गीतहरुको थोरै थोरै टुक्का गाउदा दर्शक दिघाबाट वान्समोर गुन्जिन थाल्यो ।

 

यति मात्र होइन पन्तले श्रीमान् मनोज सेवाको साथमा यस्तो एउटा कथा रहेछ संसारमा माया पनि कहिले घाम कहिले पानी..........जिन्दगानी फुलै फुलको थुंगो हुदैन....... फुल जस्तै पवित्र थियो मेरो मन.....बोलको गीतका केहि टुक्का गाइन् । लोक गायिका मन्जु पौडेल, पार्वती जीसी, गायक तिलकवम मल्ल,  कमल खनाल, शिव ज्ञवालीले पनि दर्शकलाई मनोरन्जन दिलाए ।  

स्रोत:- कान्तिपुर

COMMENTS (1)
 
mahesh thapa, 2010-03-11 12:03:52
ramo songs 6 anju sistarko. tasail anju sisterlai dimant 6
COMMETS
NAME
EMAIL
COMMENT
Visual CAPTCHA
     
     
WORLD PREMIERE
     
 
     
LATEST PROMO
     
 
     
POLL
निर्देशक तुलसी घिमिरेको जेठी छोरी भावना घिमिरे निर्देशक बन्ने कुरामा कत्तिको बिश्वस्त हुनुहुन्छ ?
१०० %
५० %
० %