फिल्मीखबर, काठमाण्डौ, २०६६ फाल्गुन २५, मंगलवार
चलचित्र कलाकार, निर्माता तथा वितरक मदनमान वज्राचार्यलाई मातृशोक परेको छ। मदनमानकी माता मोतीमाया वज्राचार्यको गत शनिबार उपचारका क्रममा वीर अस्पतालमा निधन भएको थियो।
स्व. वज्राचार्य दमबाट पीडित थिइन्। उनी ८४ वर्षकि थिइन्। स्व. वज्राचार्यका तीन छोरा र दुई छोरी छन्, मदनमान माहिलो छोरा हुन्। मदनमानका बुबाको भने २५ वर्षगाडि निधन भएको थियो। मदनमानले स्व. पिताकै नाममा बालाजुमा गंगा चलचित्र मन्दिर सञ्चालनमा ल्याएका हुन्। |