फिल्मीखबर, काठमाण्डौ, २०६६ फाल्गुन २४, सोमवार
लाहुरेनिहरुले श्रीमानको अनुपस्तिथिमा कसरि पुरुष बेश्यालाइ पैशाले किनेर यौन प्यास मेटाउछन भन्ने कथामा आधारित भएर निर्माण गरिएको चलचित्र 'पलपलमा' को हङकङमा प्रदर्शन गरिएको छ । हङकङका दुई स्थानमा प्रदर्शन गरिएको उक्त चलचित्रलाई हङकङेलीहरूले अत्याधिक रूचाएको निर्देशक उकेश दाहालले जानकारी गराए ।
अत्यन्त इमोसनले भरिपुर्ण उक्त चलचित्र नेपालमा भने नयाँ बर्षको आगमन सँगै ३ वटा चलचित्रको प्रदर्शन पश्चात दर्शक माझ आउने निर्देशक दाहालले बताए । रमित ढुङ्गाना, दिलीप रायमाझी,रुपा राना, सुजाता सिटौला, दिलीप गौतम, सुमन सिंह, विक्रान्त बस्नेत, उषा, शशि खड्का, असिम राना लगायतका कलाकार अभिनय रहेको चलचित्र 'पलपलमा' लाई भने १६ बर्ष मुनिका बालबालिकाहरूले हेर्न पाउने छैनन् । किनभने यस चलचित्रलाई सेन्सर गर्दा सेन्सर बोर्डले १६ बर्ष मुनिका बालबालिकाहरूले हेर्न नपाउने भनि सेन्सर गरेको थियो ।
|