Kollywood Exclusive - Nepali Movie News, Reviews, Event gallery, Nepali Celibrity, Nepali Actor, Nepali Actress, Nepali Film, Nepali songs, Nepali Videos, Nepali Film Director Producer, Film Poll

RB Music Production   |   मिति : २०६७ भाद्र २४, बिहिवार
HOME CELEBRITIES MOVIES PHOTO GALLERY MUSIC EVENTS
अस्कर अवार्डमा 'द हर्ट लकर' उत्कृष्ट
एजेन्सी, २०६६ फाल्गुन २४, सोमवार

हलिउडमा ८२ औँ अस्कर अवार्डमा जेफ ब्रिजेसले उत्कृष्ट अभिनेता र सान्द्रा बुलकले उत्कृष्ट अभिनेत्रीको उपाधि जितेका छन्। क्रेजी हर्ट फिल्ममा गरेको अभिनयका लागि जेफले र  द ब्लाइन्ड साइडका लागि सान्द्राले अवार्ड जितेका हुन्। उत्कृष्ट चलचित्रको अवार्ड द हर्ट लकरले जित्यो।

 

द हर्ट लकर इराक युद्धको कथामा आधारित फिल्म हो। यही फिल्मका लागि  क्याथरिन बिगेलोले उत्कृष्ट निर्देशनको अवार्ड हात पारिन्। फिल्मले कूल ६ वटा विधामा अस्कर पायो- उत्कृष्ट फिल्म, निर्देशन, मौलिक पटकथा, फिल्म सम्पादन,  ध्वनी सम्पादन, ध्वनी मिश्रण। जेम्स क्यामरुनको बहुचर्चित फिल्म अवतारले भने तीन वटा मै चित्त बुझाउनु पर्‍यो।  अवतारले  भिजुअल इफेक्ट, कला निर्देशन र छायाङ्कनमा मात्रै उपाधि जित्‍न सक्यो। हर्ट लकरअवतार दुवै फिल्म नौ विधामा मनोनयनमा परेका थिए।

 

प्रेसियस फिल्ममा दुर्व्यवहारी अभिभावकको भूमिका गर्ने ४२ वर्षीया मोनिकले उत्कृष्ट सहअभिनेत्रीको अवार्ड जितेकी छिन्। काला जातिबाट अस्कर जित्ने उनी इतिहास मै चौथो महिला कलाकार हुन्। उत्कृष्ट सहअभिनेताको अवार्ड इन्ग्लोरियस बास्टर्डस् फिल्मका लागि क्रिस्टोफर वाल्टजले जितेका छन्। विदेशी भाषाको उत्कृष्ट चलचित्रमा अर्जेन्टिनाको एल सेक्रेटो डे सुस ओजोस(उनीहरुको आँखाभित्र रहेको रहस्य) ले अस्कर जित्यो।

 

COMMENTS (0)
 
COMMETS
NAME
EMAIL
COMMENT
Visual CAPTCHA
     
     
WORLD PREMIERE
     
 
     
LATEST PROMO
     
 
     
POLL
निर्देशक तुलसी घिमिरेको जेठी छोरी भावना घिमिरे निर्देशक बन्ने कुरामा कत्तिको बिश्वस्त हुनुहुन्छ ?
१०० %
५० %
० %