Kollywood Exclusive - Nepali Movie News, Reviews, Event gallery, Nepali Celibrity, Nepali Actor, Nepali Actress, Nepali Film, Nepali songs, Nepali Videos, Nepali Film Director Producer, Film Poll
अस्टे्रलियाई नायिका एबी कारनिस तथा हलिउड नायक रायन फिलिपबीचको प्रेमसम्बन्ध टुक्रिएको छ । एबीले एकतर्फी रूपमा प्रेमसम्बन्ध टुक्रिएको घोषणा गरेपछि रियान पुनः एकपटक निराश भएका छन् ।
अनलाइन पत्रिका पिपुलका अनुसार एबीलाई केही दिनअघि मात्र लसएन्जल्सको उनीहरूको संयुक्त आवासबाट आफ्ना सामानसहित बाहिरिएको देखिएको थियो । दुवैले अलग-अलग बस्ने निर्णय गरेकाले पनि उनीहरूबीच प्रेमसम्बन्ध कायम नरहेको अनुमान गरिएको छ । 'दुवैले अलग-अलग बस्ने निर्णय गरेका छन्, नायिका एबीकी सहायकले भनिन्- 'दुवैबीच अब पहिलेको जस्तो माया-प्रीति रहेन । दुवैले पुरानो सम्बन्ध समाप्त भैसकेको स्वीकार गरेका छन् ।'