एजेन्सी, २०६६ फाल्गुन २२, शनिवार
हलिउडमा शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र 'एलिस इन वन्डरल्यान्ड' लाई साइन्स फिक्सन तथा फेन्टासी श्रेणीमा राखिएको छ । १ घण्टा ४९ मिनेट लामो यो चलचित्रको निर्देशन टिम बर्टनले गरेका छन् ।
जो रुथ, रिचार्ड डि जेनुक तथा जेनिफर तोडले निर्माण गरेको यो चलचित्रमा हेलेना बोन्हाम कार्टर, मिया वासिकोस्का, माट लुकास, जेन्नी डिप आदि कलाकारले मुख्य भूमिका निर्वाह गरेका छन् । वाल्ट डिज्नी पिक्चर्सले विश्वव्यापी वितरण गर्न लागेको यो चलचित्रको छायांकन बेलायतको लन्डन तथा अमेरिकाको लस एञ्जलसमा गरिएको छ ।
चलचित्रमा १९ बर्षिया युवती एलिसको रोमाञ्चक यात्रालाई चित्रण गरिएको छ । एउटा अनौठो संसारको यात्रामा निस्किएकी एलिसको एउटी सानी बालिकासँग जम्का भेट हुन्छ । त्यसपछि उनले आफ्ना बाल्यकालका मिल्ने साथीहरूसँग भेट गर्छिन् । यात्राका क्रममा उनले अनुभव गरेका रोमाञ्चक क्षणहरूले चलचित्रलाई बालबालिकाको पि्रय बनाउने सम्भावना छ । केही डरलाग्दा दृश्य समावेश गरिएकाले बालबालिकाहरूले भने यो चलचित्र आफ्ना अभिभावकसँग बसेर मात्र हेर्न सक्नेछन् । |