Kollywood Exclusive - Nepali Movie News, Reviews, Event gallery, Nepali Celibrity, Nepali Actor, Nepali Actress, Nepali Film, Nepali songs, Nepali Videos, Nepali Film Director Producer, Film Poll

RB Music Production   |   मिति : २०६७ भाद्र २४, बिहिवार
HOME CELEBRITIES MOVIES PHOTO GALLERY MUSIC EVENTS
एकै पटक पाँच नयाँ चलचित्र
एजेन्सी, मुम्बई, २०६६ फाल्गुन २२, शनिवार

बलिउडमा यो साता एकै पटक पाँचवटा नयाँ चलचित्र प्रदर्शन हुँदैछन् । शुक्रबारदेखि प्रदर्शनमा आएका यी चलचित्रमध्ये हास्यप्रधान चलचित्र 'अतिथि तुम कब जाओगे ?' दर्शकले रुचाउने सम्भावना छ ।

 

अमिता पाठकले निर्माण गरेको यो चलचित्रको निर्देशन अश्विनी धीरले गरेका हुन् । राष्ट्रिय पुरस्कारप्राप्त कलाकारहरू  अजय देवगण, कोंकणा सेन शर्मा तथा परेश रावलले यो चलचित्रमा मुख्य भूमिका निर्वाह गरेका छन् । चलचित्रका अभिनेता अजय देवगणका अनुसार यो चलचित्रमा सन् ७०-८० को दशकमा निर्माण भएका हास्यप्रधान चलचित्रको झझल्को पाउन सकिन्छ ।

 

चलचित्रको पटकथालाई नै पुराना हिन्दी चलचित्रको स्वरूप प्रदान गरिएको छ । चलचित्रमा परिस्थितिअनुरूपको हास्यदृश्य समावेश छ । चलचित्रको कथा अनुसार पुनीत -अजय देवगण) तथा मुनमुन -कोंकणा सेन शर्मा) विवाहित जोडी हुन् । उनीहरू मुम्बईमा सुखद जीवन बाँचिरहेका छन् । उनीहरूको जीवनमा त्यसबेला भुइँचालो जान्छ जब उनीहरूका टाढाका नातेदार चाचाजी -परेश रावल) उनीहरूको घरमा पूर्वजानकारी बिना नै आइपुग्छन् । गाउँमा बसोबास गर्ने चाचाजी शहरी रहनसहनका सम्बन्धमा जानकार हुँदैनन् । पाहुना कम दिनका लागि मात्र राम्रा लाग्छन्, तर यी पाहुना त्यस्ता छन् जो गाउँ र्फकने नाम लिँदैनन् । उनलाई आफ्नो घरबाट निकाल्न पुनीत र मुनमुनले धेरै उपाय अपनाउँछन् जसबाट थुप्रै प्रकारका हास्यास्पद परिस्थिति सिर्जना हुन्छन् ।

COMMENTS (0)
 
COMMETS
NAME
EMAIL
COMMENT
Visual CAPTCHA
     
     
WORLD PREMIERE
     
 
     
LATEST PROMO
     
 
     
POLL
निर्देशक तुलसी घिमिरेको जेठी छोरी भावना घिमिरे निर्देशक बन्ने कुरामा कत्तिको बिश्वस्त हुनुहुन्छ ?
१०० %
५० %
० %