एजेन्सी, मुम्बई, २०६६ फाल्गुन २१, शुक्रवार
चलचित्रहरुमा आजकाल गरमा गरम दृष्यहरु साधारण भईसकेको छ। हालै पूर्व मिस इंडिया अर्थ, अमृता पतकी यस्तै एक दृष्यको छायाँकनका समय बेहोस भएकी थिईन। उनले आफ्नो पहिलो चलचित्रका लागि छायाँकन गरिरहेको बेला उनी अचानक बेहोश भएकी थिईन।
अमृताका अनुसार ४७ डिग्रीको अति गर्मीका समय उनलाई बिकनी लगाएको दृष्य दिन निकै गाह्रो भईरहेको थियो। उनले सो दृष्यका लागि बारम्बार रीटेक दिई रहनु पर्दा उनलाई चक्कर लागेर बेहोसीमा पुगेको पत्तै भएन|
अमृता यस चलचित्रको छायाँकनका लागि निकै उत्साहित थीईन किनभने यो उनको यस चलचित्रका लागि पहिलो दृष्यको छायाँकन थियो। हाइड एंड सीक नामको यस चलचित्रलाई १२ मार्चमा प्रदर्शन गरिने लक्ष राखेको थियो| |