एजेन्सी, मुम्बई, २०६६ फाल्गुन १९, बुधवार
बलिउड अभिनेता अरसद वारसीले आफ्नो फिल्मी पारिश्रमिक बढाएर तीन करोड पुर्याएको छन् । फिल्म 'मुन्नाभाइ'मार्फ 'र्सर्किट' नामले परिचय बनाएका यी अभिनेताले पछिल्लो सिनेमा 'गोलमाल-३'मा तीन करोड पारिश्रमिक लिएका हुन् । यो फिल्ममा अभिनेत्री करिना कपुरभन्दा यी अभिनेताले बढी पारिश्रमिक लिएका छन् ।
गोलमाल र रिर्टन अफ गोलमालमा गरेको अभिनयका कारण अभिनेता सरसद निकै लोकप्रिय भए । सोहीकारण निर्माता अष्ट विनायकले गोलमाल-३मा पनि उनलाई निर्माताले अनुबन्धन गर्ने निधो गरे । तर, यी अभिनेताले तीन करोड पारिश्रमिक मागेपछि निर्माताले उनलाई लिन अस्वीकार गरेका थिए । उनी विना फिल्म नै खल्लो हुने सल्लाह अरूले दिएपछि अरसदलाई तीन करोड दिएर सो फिल्ममा अनुबन्धित गराइएको हो ।
यो फिल्ममा अजय देबगनपछि महंगो पारिश्रमिक लिने कलाकार पनि अरसद नै भएका छन् । यो सिनेमाका अभिनेता तुसार कपुर, कुणाल खेमु, श्रेयष तलपडेले निकै कम पारिश्रमिकमा यो फिल्ममा पनि काम गर्न लागेको गोलमाल-३का निर्माता अष्ट विनायकले बताएका छन् । आफूलाई गोलमाल-३को पटकथा मन नपरेको अभिनेता अरसदले सुरुमा बताए । तर, यसका निर्देशकले निकै जोड गरेपछि उनी फिल्म खेल्न तयार भएका हुन् । तर, उनले यसअघिको भन्दा दोब्बर पारिश्रमिक अर्थात् तीन करोड मागे । आफ्नो पछिल्लो फिल्म 'इस्किया' सफल भएपछि पारिश्रमिक बढाएको अभिनेता अरसद वारसीले बताएका छन् । आउँदा दिनमा आफ्ना फिल्म हिट हुँदै गए पारिश्रमिक पनि क्रमिक रूपमा बढाउने पनि उनले बताए । |