Kollywood Exclusive - Nepali Movie News, Reviews, Event gallery, Nepali Celibrity, Nepali Actor, Nepali Actress, Nepali Film, Nepali songs, Nepali Videos, Nepali Film Director Producer, Film Poll

RB Music Production   |   मिति : २०६७ भाद्र २४, बिहिवार
HOME CELEBRITIES MOVIES PHOTO GALLERY MUSIC EVENTS
वियोग नै वियोगको सँगालो 'सम्झना'
डब्बु क्षेत्री, काठमाण्डौ, २०६६ फाल्गुन १५, शनिवार

यतिबेला राजधानीका दर्शकमाझ फिल्म 'सम्झना' आएको छ । तर, यो पुरानो सम्झना हैन । नयाँ पुस्ताको निर्देशक योगेश घिमिरेले निर्देशन गरेको सम्झना हो यो । जुन, राजधानीका विश्वज्योतिसहित १८ओटा हलमा शुक्रबारबाट रिलिज भएको छ । अर्ढाई दशकअघि शम्भु प्रधानले फिल्म सम्झना बनाएका थिए । त्यही सम्झनाको 'रिमेक' होला योगेश घिमिरेको सम्झना पनि भन्ने अनुमान थियो धेरैको । तर, त्यो अनुमान गलत भएको छ । किनकि पुरानो सम्झनको 'रिमेक' हैन, नयाँ सम्झना ।

 


तथापि यी दुइ सम्झनामा केही समानता छ । पुरानो सम्झनामा अभिनेता भुवन केसीले प्रेमिका अर्थात् अभिनेत्री तृप्ति नाडकरलाई गुमाउँछन् । आफ्नी छोरीको मुख हेर्दै तृप्तिको सम्झनामा उनी बाँच्छन् । यता नयाँ सम्झनामा अभिनेत्री संचिता लुइँटेलले प्रेमी अर्थात् अभिनेता निखिल उप्रेतीलाई गुमाउँछिन् । संचिता भने छोराको मुख हेदै निखिलको सम्झनामा बाँच्छिन् । भुवन र तृप्तिको प्रेम र वियोगमा पुरानो सम्झना केन्द्रित थियो । तर, नयाँ सम्झना भने त्रिकोणात्मक प्रेम कथामा आधारित छ । प्रेम प्राप्तिभन्दा र्समर्पणमा अहिलेको सम्झना रुमलिएको छ ।

 


नयाँ सम्झनामा 'जून' बनेकी संचितालाई 'अर्जुन' बनेका निखिलले एकतर्फी प्रेम गर्छन् । तर, जून भने कृष्ण अर्थात् राजबल्लभ कोइरालाको एकतर्फी प्रेममा पिल्सिएकी हुन्छिन् । यो पिल्सने क्रम यतिमै टुँगिँदैन । छोटो समयको प्रेम पछि बिछोडीकी 'गरिमा' अर्थात् गरिमा पन्त भने प्रेमी 'राहुल' अर्थात् राजबल्लभ कोइरालाको वियोगमा तड्पिन्छिन् । राहुल पनि गरिमाकै प्रेममा पानीबिनाको माछा झैं छट्पाइरहेको सिनेमामा देख्न पाइन्छ । वियोगको प्रसंगलाई सुवास र प्रज्ञाको चरित्रले पछ्याउन छाडेको छैन ।  गरिमालाई एकतर्फी माया गर्ने सुवास अर्थात् अभिनेता सुवास मेचे पनि उनको वियोगमा जलेका हुन्छन् । आफूलाई पर्खाएर विदेसिएका प्रेमीको वियोगले प्रज्ञा त्यत्तिकै सुकिरहेकी हुन्छिन् ।

 


यसरी वियोग नै वियोगको सँगालो भनेको फिल्म सम्झना । यो सिनेमामा गरिमाबाहेक सबैले अन्त्यसम्म पनि प्रेम वियोगमै जल्नु पर्छ । सिनेमामा यति धेरै पात्रहरूको वियोगलाई समेटिए पनि सबै पात्रमाथि न्याय गरिएको छ । यो नै निर्देशकको सफलता हो । यसअघि फिल्म सपूतबाट निर्देशनमा हात हालेका हुन योगेशले । सपूतभन्दा उनले सम्झनमा आफ्नो निर्देशकीय क्षमतालाई निकै माझेका छन् । यसो भन्दैमा सिनेमा त्रुटि नभएको हैन । कतिपय दृश्यलाई समान संयोजनमा उनी चुकेका छन् । सिनेमामा अर्जुनले गाउँ छोडदाको दृश्य मात्र हैन । अन्य केही दृश्य पनि आवश्यकभन्दा निकै लामा छन् ।

 

राहुल र गरिमाको मिलनलगायतका केही दृश्य चाहिनेभन्दा साह्रै छोटा पनि नभएका हैनन् । यसरी दृश्यको सही संयोजन नहुँदा सिनेमाको आरोह -अवरोहमा केही ठाउँमा ठेस पुगेको छ । यस्ता केही उनको बाँकी काम राम्रो छ । अघिल्ला पुस्ताका कतिपय निर्देशकभन्दा योगेशले धेरै राम्रो काम यो सिनेमामार्फ देखाएका छन् । यो सिनेमाको सम्वाद पक्ष क्लिष्ट छ । सिनेमाका धेरै जसो दृश्यमा कवि तथा दर्शनिकले बोल्ने काव्यशैलीका भाषा सुन्न पाइन्छ । आमपात्रका लागि यस्ता भाषा सहज बनेको छैन । प्रदीप भारद्वाजको पटकथा र कथा पक्ष भने सम्वादको तुलनामा राम्रो छ ।

 


सम्झनको सशक्त पक्ष गीतसंगीत हो । महेश खड्काको संगीतले यसलाई सांगीतिक सिनेमा बनाएको छ । छायांकनमा पनि भीम रानाले मेहनत गरेका छन् । कलाकारलाई टोचनमा उडाउने नेपाली सिने उधोगको प्रचलनलाई तोड्दै 'फाइट'लाई केही हदसम्म वास्तविकता देखाउन द्वन्द्व निर्देशक र्सूयदेव सफल भएका छन् । अभिनय पक्ष निकै लामो समयपछि अभिनेता निखिल उप्रेतीले सम्झनामा राम्रो काम गरेका छन् । राजबल्लभ, संचिता, गरिमा, प्रज्ञा, हेमन्त बुढाथोकीको काम सन्तोष जनक छ । नवनायक सुवास मेचेको अभियन भने केही फित्तलो लाग्छ ।

 

COMMENTS (6)
 
ramesh kumar mandal, 2010-04-11 10:47:45
d v
sangita neunzig, 2010-04-10 15:59:27
film ramro nikhl kam ramro story good
raaz subedi,beni, 2010-04-08 22:44:06
story ramro 6.
raaz subedi,beni, 2010-04-08 22:41:45
FILM KO STORY BAST 6.BUT ACTORS KO ACTION MA KUNAI NAYA CHINNA.
raaz subedi,beni, 2010-04-08 22:39:20
story ramro 6.but film ma roal garna actors lai action ma problam 6.
sudip raj onta, 2010-03-16 12:55:47
stoery reding garayra malai ne flim hayru hayru jasto lagayo
COMMETS
NAME
EMAIL
COMMENT
Visual CAPTCHA
     
     
WORLD PREMIERE
     
 
     
LATEST PROMO
     
 
     
POLL
निर्देशक तुलसी घिमिरेको जेठी छोरी भावना घिमिरे निर्देशक बन्ने कुरामा कत्तिको बिश्वस्त हुनुहुन्छ ?
१०० %
५० %
० %