Kollywood Exclusive - Nepali Movie News, Reviews, Event gallery, Nepali Celibrity, Nepali Actor, Nepali Actress, Nepali Film, Nepali songs, Nepali Videos, Nepali Film Director Producer, Film Poll

RB Music Production   |   मिति : २०६७ भाद्र २१, सोमवार
HOME CELEBRITIES MOVIES PHOTO GALLERY MUSIC EVENTS
कोरियामा साँगितिक ज्वालाको बिस्फोटन
फिल्मीखबर, काठमाण्डौ, २०६६ माघ २५, सोमवार

प्रेम दिवसको अवसर पारेर यहि फेब्रुअरी १४ तारिखका दिन कोरियाको राजधानीमा सिओलमा साँगितिक ज्वालाको बिस्फोटन हुने भएको छ । पर्वत जिल्ला अस्पतालको सहयोगार्थ गुप्तेश्वर सांक्रितिक सौगात नामक कार्यक्रममा नेपालका चर्चित कलाकार नायिका रेखा थापा, गायिका कोमल ओली, सिन्धु मल्ल, गायक सुगम पोखरेल र हाँस्यकलाकार कमल गाउँलेले आ-आफ्नो प्रस्तुती प्रस्तुत गरेर कोरिया बासी नेपालीहरू माझ साँगितिक ज्वालाको बिस्फोटन गर्ने भएका छन् ।


पर्वत समाज कोरियाको आयोजनामा हुन लागेको उक्त बृहत साँगितिक कार्यक्रममा अबिबाहित गायिका कोमल ओलीले कोरियामा रहेका झ्वाँक तन्नेरीहरूको लागि बिशेष गीत गाउने भएकी छिन् । कोरियामा रहेका नेपाली झ्वाँक तन्नेरीहरू एकदमै मन पर्ने भएकोले र त्यसैमाथी प्रेम दिवस परेकोले आफ्नो बिल्कुलै नयाँ एल्बम 'त्यही मोराको मायाले' मा रहेका बिशेष गीतहरू गाउने गायिका ओलीले फिल्मीखबर डटकमलाई जानकारी दिईन् ।

 

अहिले सम्म अबिबाहित रहेकी गायिका ओलीलाई प्रेम प्रस्ताव राख्न कोरियामा रहेका नेपाली झ्वाँक तन्नेरीहरूको लागी यो सुनौलो मौका रहेको छ । कार्यक्रममा जस्ले गायिका ओलीलाई प्रेम प्रस्ताव राख्छ उसलाई गायिका ओलीले 'आन्योङ हासियो' भन्दै गुलावको फूल दिनेछिन् । प्रेम दिवसको दिन कार्यक्रमको आयोजना गरिएकोले कार्यक्रम पूर्णरूपमा प्रेममय हुने नायिका रेखा थापाको भनाई छ ।

 

कार्यक्रममा सहभागी हरेक कलाकारले नयाँ प्रस्तुती प्रस्तुत गर्ने भएकोले कोरिया बासी नेपालीहरूलाई कार्यक्रममा सहभागी भएर कार्यक्रमलाई भव्य रूपले सफल पारिदिन आयोजकले बिनम्र अनुरोध गरेको छ । कार्यक्रममा आफ्नो प्रस्तुती पस्कन कलाकारहरू यहि बिहिबार कोरिया प्रस्थान गर्दैछन् । कार्यक्रम सिओल स्थित सदेमुन आर्ट हल (सदेमुन सागरी) मा मध्यान्न १२:३० बजे शुरू हुने छ ।

 

 

 



 

COMMENTS (0)
 
COMMETS
NAME
EMAIL
COMMENT
Visual CAPTCHA
     
     
WORLD PREMIERE
     
 
     
LATEST PROMO
     
 
     
POLL
निर्देशक तुलसी घिमिरेको जेठी छोरी भावना घिमिरे निर्देशक बन्ने कुरामा कत्तिको बिश्वस्त हुनुहुन्छ ?
१०० %
५० %
० %