Kollywood Exclusive - Nepali Movie News, Reviews, Event gallery, Nepali Celibrity, Nepali Actor, Nepali Actress, Nepali Film, Nepali songs, Nepali Videos, Nepali Film Director Producer, Film Poll

RB Music Production   |   मिति : २०६७ भाद्र २४, बिहिवार
HOME CELEBRITIES MOVIES PHOTO GALLERY MUSIC EVENTS
'जिरो साइज' बनाउने धुनमा सौजन्य
फिल्मीखबर, काठमाण्डौ, २०६६ माघ २५, सोमवार

नायिकाको स्लिमबडीको चर्चा हुन थालेपछि अभिनेत्री सौजन्य सुब्बा पनि स्लिम हुने अभियानमा छिन् । 'स्लिम हिरोइनको चर्चा बढी हुन थाल्यो त्यही भएर मैले पनि दुब्लाउने शैली अपनाएकी छु ।' मुस्कुराउँदै भनिन् सौजन्यले ।

 

डेढ वर्षभयो उनले व्यायामशाला धाउन थालेको । तर, अझै सोचे जस्तो हुन सकेकी छैनन् । सुटिङले व्यायामलाई नियमितता दिन नसकेको धारणा राख्ने सौजन्यले डेढ वर्षा पाँच किलो वजन घटाइछन् । उनी भन्दै थिइन् 'अहिले त ५० किलोमा झरेकी छु अब ४८ बनाउँछु ।' नायिकाको ज्यान लोभलाग्दो बनाउनलाई स्लिम भएर मात्रै पनि पुग्दो रहेनछ । 'जिरो साइज' को कुरा गरिन् । पाँच किलो वजन घटाए पनि केही महिना व्यायामशाला धाउन छाडेकी सौजन्यले फेरि सुरु गरेकी छिन् । अबको उनको योजना छ 'जिरो साइज' बनाउने ।

 

'जिरो साइज' बनाउन सौजन्यले खानामा पनि केही कम गरेकी छिन् । 'मलाई त भात सार्‍है मीठो लाग्थ्यो तर, अहिले रोटी खान थालेको छु ।' सौजन्यले भनिन् । मासुबिना खाना नरुच्ने सौजन्यलाई यसको मात्रा पनि घटाउनु परेको छ । मासुका प्राय परिकार मन पराउने सौजन्यले चिकेनका 'आइटम' खान थालेको बताइन् । 'मीठो लाग्यो भन्दैमा खान नपाइँदो रहेछ, अहिले त मन पर्ने धेरै परिकार कटौती गरेकी छु ।' उनले भनिन् ।

COMMENTS (0)
 
COMMETS
NAME
EMAIL
COMMENT
Visual CAPTCHA
     
     
WORLD PREMIERE
     
 
     
LATEST PROMO
     
 
     
POLL
निर्देशक तुलसी घिमिरेको जेठी छोरी भावना घिमिरे निर्देशक बन्ने कुरामा कत्तिको बिश्वस्त हुनुहुन्छ ?
१०० %
५० %
० %