एजेन्सी, २०६६ माघ २५, सोमवार
पश्चिमा संगीतका दुई परीहरु म्याडोना र ब्रिटनी स्पेयर्सको जादुबाट प्रभावित नहुने सायदै कम होलान । पप क्वीन र पप राजकुमारीबाट चिनिएका म्याडोना र ब्रिटनीबीच जेनेरेशन ग्याप भए पनि उनीहरु एक अर्कालाई सम्मान गर्छन ।
बि्रटनीले त म्याडोनालाई आˆनो आर्दश नै मान्छिन । त्यसैले होला, सन २००३ मा सम्पन्न एम टिभी म्युजिक अवार्ड कार्यक्रममा भेटिना साथ दुवैले मुख जोडेर चुम्बन गरे । विश्वभरि चर्चा पाएको यो चुम्वन पछि गएर दशकमा गरिएका सबै चुम्बनलाई पछि पार्ला भने कसैले सोचेका थिएनन् ।
उनीहरुले त्यतिबेला गेरेको चुम्बन नै २१ औं शताब्दीको पहिलो दशकको सर्वाधिक उत्कृष्ट चुम्बन बनेको छ । ब्रिटेनमा गरिएको एक सर्वेक्षणमा यो चुम्बनले सवभन्दा धेरै मत पाएको छ । यी दुई बि्रटनीको एक म्युजिक भिडियोमा पनि सागै देखिएका छन । सन २००२ मा प्रदर्शित चलचित्र स्पाइडर म्यानमा टोवी म्यागुरी र क्रिष्टन डन्स्टबीचको चुम्बन दोस्रो र सन २००५ मा प्रदर्शित चलचित्र ब्रोकव्याक माउण्टेनमा हिथ लेजर र ज्याक ग्यालेहालबीचको चुम्वन सर्वेक्षणमा तेस्रो बनेको छ । |