एजेन्सी, २०६६ माघ २५, सोमवार
गत वर्षमात्र ब्रेकअपको पीडा सहन परेकी ब्रिटिस गायिका रिहानाले साँचो मायालुको खोजी गर्ने म्याद एक दशक तोकेकी छिन्। उनी पूर्वप्रेमी क्रिस ब्राउनसँग गत वर्षअलग भएकी थिइन। प्रेमी क्रिसले उनलाई कुटपिट गरेको भन्ने समाचार पनि बाहिर आएको थियो।
रसियन राउलेट नामक एल्बमबाट चर्चामा आएकी रिहाना केही दिनअघि बेसबल खेलाडी म्याट क्यापसँगै हिँडेको भेटिएको थियो। धेरैले उनीबीच प्रेम अंकुर हुन लागेको आशंका गरेका थिए। तर रिहानाले सो कुरालाई नकार्दै हाल आफ्नो कसैसँग पनि डेटिङ नचलेको र एक्लै भएको एजेन्सीलाई बताएकी छिन्।
हाल २० वर्षपुगेकी रिहानाले ३० वर्षो उमेरसम्म साँचो मायालुको खोजी गर्ने अठोट लिएकी छिन्। उनी हिजोआज र्सार्वजनिक कार्यक्रममा पनि एक्लै देखिन थालेकी छिन्। हालै सम्पन्न ग्रामी अवार्डमा पनि उनी एक्लै देखिएकी समाचारमा उल्लेख गरिएको छ। |