Kollywood Exclusive - Nepali Movie News, Reviews, Event gallery, Nepali Celibrity, Nepali Actor, Nepali Actress, Nepali Film, Nepali songs, Nepali Videos, Nepali Film Director Producer, Film Poll

RB Music Production   |   मिति : २०६७ भाद्र २४, बिहिवार
HOME CELEBRITIES MOVIES PHOTO GALLERY MUSIC EVENTS
दिपिकालाई रणवीरसँग अझै फिल्म खेल्ने चाहना
एजेन्सी, मुम्बई, २०६६ माघ २५, सोमवार

एकताका बलिउडका हट कपल मानिएका रणवीर कपुर र दीपिका पादुकोणबीच रियल लाइफ रोमान्सको ढोका थुनिए पनि फिल्ममा जोडी बाँधिने सम्भावना टुटिहालेको छैन । 'बचना ए हसिनों' मा रणवीरसँग काम गरेकी दीपिका कम्तीमा यस्तै सोच्छिन् । 'रणवीर धेरै प्रतिभाशाली अभिनेता हुन्,' उनले भनिन्, 'उनीसँग एउटा फिल्ममा काम गरेर मलाई पुगेको छैन ।' 'अजब प्रेम की गजब कहानी' नायकको प्रशंसा गर्दै उनले कपुर खानदानको पछिल्लो पुस्ता फिल्म उद्योगमा धेरै लामो समयसम्म रहने ठोकुवै गरिन् ।



'उनीभित्र अभिनयको आगो दन्किरहेको हुन्छ । उनले त्यो आगो र आफ्नो सपनाबाट फोकस नहटाऊन् भन्ने म चाहन्छु,' हट नायिकाले भनिन् । एकवर्षे रोमान्सबाट गत नोभेम्बरमा टाढिएका दुवैलाई फिल्ममा रोमान्टिक बनाउन निर्देशक/निर्माताले हिम्मत गर्लान्/नगर्लान्, तर दीपिका पर्सनल र प्रोफेसनल सम्बन्ध राम्ररी सम्हाल्न सक्छिन् रे । 'म व्यक्तिगत सम्बन्धबारे बोल्न चाहन्नँ,' उनले भनिन्, 'मलाई आफ्नो पर्सनल र प्रोफेसनल सम्बन्धमा ब्यालेन्स गर्न आउँछ ।'



'रक अन' स्टार फरहान अख्तरसँगको रोमान्टिक थि्रलर 'कार्तिक कलिङ कार्तिक' को रिलिज पर्खिरहेकी दीपिका आमिर खान र शाहिद कपुरसँग पनि काम गर्न चाहन्छिन् । 'यी दुई नायकसँग काम गर्न पाउनेमा म शतप्रतिशत विश्वस्त छु,' उनले भनिन् । 'ओम शान्ति ओम' बाट बलिउडमा डेब्यु गरेकी दीपिकाले सैफ अली खान, अक्षय कुमारजस्ता चर्चित नायकहरूसँग काम गरिसकेकी छन् ।

COMMENTS (0)
 
COMMETS
NAME
EMAIL
COMMENT
Visual CAPTCHA
     
     
WORLD PREMIERE
     
 
     
LATEST PROMO
     
 
     
POLL
निर्देशक तुलसी घिमिरेको जेठी छोरी भावना घिमिरे निर्देशक बन्ने कुरामा कत्तिको बिश्वस्त हुनुहुन्छ ?
१०० %
५० %
० %