Kollywood Exclusive - Nepali Movie News, Reviews, Event gallery, Nepali Celibrity, Nepali Actor, Nepali Actress, Nepali Film, Nepali songs, Nepali Videos, Nepali Film Director Producer, Film Poll
बलिउड अभिनेत्री कैटरीना कैफले आफनो चलचित्र जीवनमा एक पटक मात्र कबीर खानको चलचित्र न्यूयार्कमा जोन अब्राहमसंग चुम्मन गरेको दृष्य दिएकी छिन्। अब देखी उनले कुनै पनि चलचित्रमा चुम्मनको दृष्य नदिने बताएका छन्। यस बारेमा कैटरिनाले आफ्नो यस फैसलालाई सबै निर्माता तथा निर्देशकहरुलाई खबर गरेकी छिन्।
उनका अनुसार उनी एक परंम्परामा बिश्वास राख्ने केटी भएकीले उनले आफुलाई अप्ठ्यारो लाग्ने कुनै पनि काम नगर्ने बताईन। हालै उनले दोस्ताना २ मा बिकीनी लगाई दृष्य दिने खबरले बलिउडमा निकै चर्चा बटुलेको थियो। यसबाट उनी झन त्रसित भई यस्तो दृष्य समेत नदिने निर्णय गर्न पुगेकी छिन्।