एजेन्सी, मुम्बई, २०६६ माघ २५, सोमवार
शिल्पा सेट्ठी, आयशा टाकियालगायत बलिउड नायिकाहरूले बिहे गर्दै धमाधम घरजम बसाइरहेका बेला अर्की नायिका अमिषा पटेल भने विवाह गर्नभन्दा प्रेमी छाड्न तयार भएकी छिन्। अमिषाले प्रेमी एनआरएन कणव पुरीको विवाह प्रस्तावलाई अस्वीकार गरिदिइन्।
विक्रम भट्टसँग लामो प्रेम सम्बन्ध सफल नभएपछि एक्लो बनेकी अमिषालाई पछिल्लो समय पुरीको सहारा मिलेको थियो। पुरी चाँडै विवाह गरी घरजम गर्न चाहन्थे। अमिषा भने आफ्नो डुब्दो क्यारियरलाई माथि उठाउन अझै एक मौका चाहन्छिन्।
पुरीले पछिल्लो समय अमिषाको बर्थडेको अवसरमा विवाहको प्रस्ताव राखेका थिए। तर अमिषाले उनको प्रस्तावप्रति कुनै चासो नै देखाइनन्। विवाहको प्रस्ताव अस्वीकार गरेपछि पुरी र अमिषाबीच ब्रेकअप भएको एजेन्सीले जनाएको छ। विक्रम भट्टसँग छुट्टिएपछि अमिषालाई परिवारको साथ मिलेको छ। |