एजेन्सी, २०६६ माघ २३, शनिवार
हलिउडमा भिन्न स्वभावका नायिकाहरू प्रशस्त छन् । तीमध्ये ब्ल्याक लाइभ्ली पनि एक हुन् । भर्खरै छायांकन सम्पन्न भएका दुई नयाँ चलचित्रमा ब्ल्याकले नग्नदृश्य दिएकी छिन् ।
'द प्राइभेट लाइभ्स अफ पिप्पा' तथा बेन एफ्लेकको चलचित्र 'द टाउन' मा उनले नग्न दृश्य दिएकी छिन् । एउटा पत्रिकालाई अन्तर्वार्ता दिंदै उनले 'द प्राइभेट लाइभ्स अफ पिप्पा' को यौनक्रियामा संलग्न दृश्य दिने क्रममा आफू रोएको बताएकी छिन् । 'त्यो दृश्य मेरो लागि आरामदायक हुन सकेन, उनका अनुसार चलचित्रको उक्त दृश्य हेर्ने दर्शकले त्यसलाई आपत्तिजनक अथवा तात्तातो दृश्य भन्न सक्छन्, तर त्यो एउटा वियोगान्त दृश्य हो, उनी भन्छिन्— 'यौनसम्पर्कको दृश्यमा पनि म रोइरहेको देख्न पाउनुहुनेछ ।' यौन दृश्य अभिनय गर्ने क्रममा उनी किन रोइन् त ? ब्ल्याकको जवाफ थियो— 'त्यो त निर्देशकलाई नै सोध्नुपर्छ ।' |