प्रदीप तिमल्सिना, अस्ट्रेलिया, २०६६ माघ २२, शुक्रवार
दशक भन्दा लामो समय देखि नेपाली चलचित्र अनि सन्चार क्षेत्रमा समर्पित दक्ष्य , अनुभवी र उत्साहित नेपाली युवाहरुको सहभागितामा अस्ट्रेलियाको सिड्नी सहरमा catmandufilms नामक एक संस्थाको स्थापना गरिएको छ । संस्थाले हाल सम्म सिड्नीमा विभन्न नेपाली कार्यक्रमहरुको आयोजना तथा तिनीहरु को छायांकन अनि केहि short film हरुको निर्माण गरि सकेको छ भने ऑस्ट्रलियन टिभि च्यानल को लागि LIFE IN AUSTRALIA नामक डोकूमेंत्री चलचित्र को निर्माण गरी रहेको छ ।
त्यस्तै संस्थाले नेपाली चलचित्रको बजार व्यवस्थापनका निम्ति अस्ट्रेलियामा बसोवास गर्दै आएका गैर आवासीय नेपालीहरु अनि ऑस्ट्रलियन चलचित्र व्यवसायीहरु संग समन्वय गरि रहेको छ। यसैगरी संस्थाले नेपाली चलचित्रलाई प्रवासी नेपाली माझ पुर्याउन निकट भविस्यमा नै नेपाली चलचित्रलाई अस्ट्रेलियामा प्रिएमेर शो गर्ने सोच राखेको छ। संस्थाले अहिले catmandutv नामक online tv channel को परिक्ष्यण प्रसारण पनि सुरु गरि सकेको छ जुन www.catmandutv.com मा हेर्न सकिनेछ । |