फिल्मीखबर, काठमाण्डौ, २०६६ पौष २७, सोमवार
श्याम अर्यालको गजल गीति संग्रह 'खुसी' बजारमा आएको छ । अधिकांश नयाँ गायक गायिकाहरूको स्वरमा सजिएको यस एल्बममा ९ वटा गीत रहेका छन् । एल्बममा अन्जु पन्त, दिपेश किशोर भट्टराई, बिबस पौडेल, बिनोद बानिँया, विवेक श्रेष्ठ, जीवन सुनार, जिडिप पराजुली र सुनिमा सिंहको स्वर रहेको छ ।
म्युजिक प्लसले बजारमा ल्याएको यस एल्बममा तारा प्रकाश लिम्बु, बि बि अनुरागी, राहुल पराजुली, बिबस पौडेल, जीवन सुनार, जिडिप पराजुली, बिनोद बानिँया र भानुभक्त ढकालको संगित रहेको छ । यसैगरी एल्बममा बि पाण्डे, श्याम अर्याल, राजकुमार बगर, राहुल पराजुली, विवेक श्रेष्ठ, जीवन सुनार, अशोक सुनार, सरूभक्त, सोबिता खड्का र आरजु बिष्टको शब्द रहेको छ । |