Kollywood Exclusive - Nepali Movie News, Reviews, Event gallery, Nepali Celibrity, Nepali Actor, Nepali Actress, Nepali Film, Nepali songs, Nepali Videos, Nepali Film Director Producer, Film Poll

RB Music Production   |   मिति : २०६७ भाद्र २१, सोमवार
HOME CELEBRITIES MOVIES PHOTO GALLERY MUSIC EVENTS
दर्शकलाई प्रज्ञाको सम्झना
सुमन गैरे, काठमाण्डौ, २०६६ म‌ंसिर २३, बुधवार

१४ वर्ष अगाडी सडक नाटकमा अभिनय गरेर सिनेमासम्म आईपुगेकी अभिनेत्री प्रज्ञा जोशी एक सफल अभिनेत्री र निर्मात्री हुन् । देवी, चेतना, चाहना मनको, दुइ दिनको जिन्दगानी, करुणा, सिंदूरजस्ता टेलिचलचित्रमा अभिनय गरिसकेकी प्रज्ञाले पहिलो पटक सिंदूर नामक टेलीचलचित्र निर्माण गरिन् र त्यसबाट सफलता कमाए पछि उनले सपूत नामक चलचित्र निर्माण गरिन् । सपूतले पनि उनलाई राम्रै सफलता दिलायो ।

 

सपूतको सफलता सँगै उनले पछिल्लो पटक सम्झना नामक चलचित्र निर्माण गरिन् जसलाई फागुन महिनामा उपत्यका र उपत्यका बाहिरका हलहरूमा एकसाथ प्रदर्शनमा ल्याउने तयारी गरिरहेकी छिन् । योगेश घिमिरेको निर्देशनमा बनेको चलचित्र 'सम्झना' भावनात्मक प्रेमकथामा आधारित छ ।

 

 

जीवनमा माया कसैको लागी प्राप्ति मात्र नभएर सम्झना पनि हुन सक्छ भन्ने मुख्य कथाबस्तु बोकेको यस चलचित्रमा कुनै पनि समयमा कुनै पनि उमेर समूह बिच प्रेम गर्न सकिने कुरालाई देखाउने खोजिएको निर्देशकले बताए । भावना, बलिदन, प्रप्ति र त्यागको समिश्रण रहेको यस चलचित्रमा निखिल उप्रेती, राजबल्लभ कोईराला, सञ्चिता लुईटेल, गरिमा पन्त, सुवास मेचेको मुख्य अभिनय रहेको छ ।




 

 

 

 

 

 

 

COMMENTS (2)
 
Suhana, 2009-12-19 09:46:48
hi, Nikhil I'm big fan of yours.You look so good in short hair so keep your hair short. Love you and bye byeeeeeeeeeeeeee.
Suhana, 2009-12-19 09:45:35
hi, Nikhil I'm big fan of yours.You look so good in short hair so keep your hair short. Love you and bye byeeeeeeeeeeeeee.
COMMETS
NAME
EMAIL
COMMENT
Visual CAPTCHA
     
     
WORLD PREMIERE
     
 
     
LATEST PROMO
     
 
     
POLL
निर्देशक तुलसी घिमिरेको जेठी छोरी भावना घिमिरे निर्देशक बन्ने कुरामा कत्तिको बिश्वस्त हुनुहुन्छ ?
१०० %
५० %
० %