Kollywood Exclusive - Nepali Movie News, Reviews, Event gallery, Nepali Celibrity, Nepali Actor, Nepali Actress, Nepali Film, Nepali songs, Nepali Videos, Nepali Film Director Producer, Film Poll

RB Music Production   |   मिति : २०६७ भाद्र २४, बिहिवार
HOME CELEBRITIES MOVIES PHOTO GALLERY MUSIC EVENTS
नयाँ बर्षमा 'तिमी मात्र तिमी'
सुमन गैरे, काठमाण्डौ, २०६६ म‌ंसिर २३, बुधवार

बोल्नै नसक्ने एउटी केटीको प्रेमकथालाई मुख्य बिषय बनाएर निर्माण गरिएको नेपाली चलचित्र 'तिमी मात्र तिमी' प्रदर्शनको तयारीमा रहेको छ । चलचित्रको प्रमुख पात्र नायिका झरना थापाले चलचित्र भरि नै एक शब्द पनि नबोली साँकेतिक भाषा प्रयोग गरेकी छिन् । उनको साँकेतिक भाषालाई 'सबटाईटल' पनि नदिएको निर्देशक योगेश घिमिरेले फिल्मीखबर डटकमलाई  बताए ।

 

'झरनाले साँकेतिक भाषा मार्फत नै आफ्ना भावनाहरू पोख्ने छिन्', निर्देशक घिमिरेले बताए । प्रमुख पात्र नै बोल्न नसक्ने भुमिकामा प्रस्तुत हुनु यस चलचित्रको एउटा आकर्षण हो । करिब ६ जना कलाकारको मुख्य अभिनय रहेको यो चलचित्र नयाँ बर्षको आगमनसँगै दर्शक माझ आउने चलचित्रका निर्माता निरज ढकालले बताए । नायिका झरना थापाले आफूले पहिलो पटक निकै मेहनत गरेर यस्तो भुमिका गरेको हुनाले चलचित्र हेर्न निकै उत्साहित भएको र यस चलचित्रबाट निकै आशाबादी भएको बताईन् ।
 

 प्राय: निर्माता निर्देशकहरूले आफ्नो चलचित्रलाई त्रिकोणात्मक प्रेम कथामा आधारित चलचित्र भन्ने गर्छन् तर चलचित्र 'तिमी मात्र तिमी' का निर्माता तथा निर्देशकले यस चलचित्रलाई 'स्क्वाएर लभस्टोरी' भनेका छन् । एन आर फिल्मसको प्रस्तुती रहेको यस चलचित्रमा झरनाको साथमा राजबल्लभ कोईराला, नन्दिता केसी, मुकेश आचार्य, प्रज्ञा जोशीको मुख्य अभिनय रहने छ । कृष्ण आचार्यको कथा, पटकथा र संवाद रहेको यस चलचित्रमा नव संगीतकार ताराप्रकाश लिम्बुको संगीत रहने छ भने चलचित्रको छायाँकन युवराज राईले गरेका हुन् ।

 

स्मरण रहोस, यस चलचित्रको दुईवटा संवादमा सेन्सर बोर्डले सेन्सर गरेको हुनाले उक्त संवादलाई 'म्युट' गरिएको छ । चलचित्रमा समाबेश भएको 'एउटी मामुली आइमाईको हातबाट इन्स्पेक्टरको हत्या भयो' र 'पुलिसको बदमासीको बारेमा तँलाई थाहा छैन'  भन्ने संवादलाई सेन्सर बोर्डले सेन्सर लगाएको छ । चलचित्रमा पुलिस प्रशासनप्रति नकारात्मक अर्थ लगाउने गरि यस्तो संवाद प्रयोग गरिएकोले सेन्सर लगाएको सेन्सर बोर्डको भनाई रहेको छ ।




 

 
 
 
COMMENTS (13)
 
Dilip gurung, 2010-05-20 18:37:24
Dherai Dherai Dhanyyabad chha yo site lai i love nepali movies aaile ko change aru wow ekdam ramro plz aile nikleko new film haru ko promo ra songs haru ramro ramro upload garnu hola long live filmykhabar ... good blees u all team... thnx
dawa sherpa, 2010-04-13 20:16:35
filmykhabar is verry nice news thankss soooo mach
kiran rasali palpali man, 2010-04-11 20:54:59
nice songs n nice jharna sis best of luck
KIRAN, 2010-04-06 13:25:03
MOVIE RAMRO HUNU PARYO NI PHAILA BUSINESS RAMRO GARNA LAI..STORY/ DIRECTION AND ACTING TOO..KUNANI PANI ACTOR HUDAI MA WA NAHUDAI MA MOVIE HIT HUNE NAHUNE HOINA KYARE..MANCHE HARU PANI KASTA KURA GARCHAN..
yubraj dahal, 2010-03-24 22:48:42
geet sunda ramro lagyo tara katha bastu pani ramro hunu paryo
utsahi, 2010-03-17 09:52:48
darsaklai ramro news matrai haina, ramro movie pani dina saknu paryo. news ma chai ramro 6 jasto lag6 tara movie herda jun pani testai hun6, naya kehi hudaina, ali mehanat garnu paryo.
prem, 2010-03-06 15:32:20
malai lag cha jharana kai karan le yo movie k hi mathi jancha jasto cha natra khai tehi pani mero suvakamana cha.hit hos.
Dada Ji, 2009-12-23 17:54:39
nice song
Dada Ji, 2009-12-22 21:43:33
News padhda ta movie ramrai hola jasto lagyo. HUna ta ma Jharana ko fan nai hun. waiting this movie.
Sunil (Guangzhou,China), 2009-12-19 17:36:11
Nice Song I Hope this Movie Song Like alls Nepaly People.
bishal, 2009-12-11 19:18:04
yo raj nabhaeko bhaye movie hit hunthyo hola tara aba khai...........
Sabnam Mahat, 2009-12-10 19:25:42
not only good news song also good but we need full song.. plz filmykhabar upload full song. Thanks
bishal, 2009-12-09 21:29:28
good news
COMMETS
NAME
EMAIL
COMMENT
Visual CAPTCHA
     
     
WORLD PREMIERE
     
 
     
LATEST PROMO
     
 
     
POLL
निर्देशक तुलसी घिमिरेको जेठी छोरी भावना घिमिरे निर्देशक बन्ने कुरामा कत्तिको बिश्वस्त हुनुहुन्छ ?
१०० %
५० %
० %