Kollywood Exclusive - Nepali Movie News, Reviews, Event gallery, Nepali Celibrity, Nepali Actor, Nepali Actress, Nepali Film, Nepali songs, Nepali Videos, Nepali Film Director Producer, Film Poll

RB Music Production   |   मिति : २०६७ भाद्र २४, बिहिवार
HOME CELEBRITIES MOVIES PHOTO GALLERY MUSIC EVENTS
जादुगरको पुन: शुभमुहुर्त
फिल्मीखबर, काठमाण्डौ, २०६६ कार्त्तिक २७, शनिवार

जादुगर महादेब त्रिपाठीले निर्माण गर्न लागेको चलचित्र 'जादुगर' को आज राजधानीको खुलामञ्चमा शुभमुहुर्त गरियो । बिहान करिब ११ बजेबाट नै खुलामञ्चमा जादुगरको शुभमुहुर्त हेर्न आउने दर्शकको भिड रहे पनि चलचित्रको शुभमुहुर्त भने मध्यान्न करिब ३ बजे तिर भएको थियो । शुभमुहुर्त कार्यक्रममा भर्खरै मात्र अमेरिकाबाट नेपाल आईपुगेका हाँस्यकलाकार नारायण त्रिपाठी, मेरी बास्यैका हाँस्यकलाकार सिताराम कट्टेल (धुर्मुस), कलाकार दिनेश डिसी, हाँस्यकलाकार सिपी पौडेलको साथमा चलचित्र जादुगरका कलाकार तथा निर्माण युनिटको उपस्थिती रहेको थियो ।

 

शुभमुहुर्त कार्यक्रममा उपस्थित कलाकारहरूले चलचित्रको सफलताको कामना गरेका थिए । कार्यक्रममा हाँस्यकलाकार नारायण त्रिपाठी आफ्ना दर्शकहरूको लागि एउटा नृत्य समेत प्रस्तुत गरेका थिए । यसै गरी कार्यक्रममा चलचित्रमानिर्माता तथा नायक महादेब त्रिपाठीले जादु समेत देखाएका थिए भने चलचित्रका कलाकार र बिभिन्न बिद्यालयका बिद्यार्थीहरूले नृत्य समेत प्रस्तुत प्रस्तुत गरेर उपस्थित दर्शकको ध्यान केन्दित गरेका थिए ।

 

भाद्र २९ गते राजधानिमा शुभमुहुर्त गरेर दशैमा छायाँकन सुरू गर्ने भनिएको भए पनि महादेब आफै बिरामी परेको हुनाले चलचित्रको पुन: खुलामञ्चमा शुभमुहुर्त गरिएको हो । अब भने यस चलचित्रको छायाँकन भोलिबाट शुरू हुनेछ । २०५५ साल देखि जादु देखाउदै आएका महादेबले बिशेष गरी बालबालिकाहरूलाई केन्द्रित गरेर यो चलचित्र निर्माण गर्न लागेका हुन् ।

 

बालबालिकाहरूको लागी हाँस्य, रहस्य र आश्चार्यले भरिपूर्ण चलचित्र जादुगरमा महादेब त्रिपाठीले बिभिन्न प्रकारका जादुहरू देखाउने छन् । चलचित्रमा द्वन्द पनि जादुगरिनै छ । चलचित्रमा 'जादुको मन्तर चलाउछु म जादुको छडी घुमाउछु म...' र 'साहूले खायो हाम्रो खेतबारी.....' बोलका दुई गित समेत रहने छन् ।
 

 

सुनिता लामा,सोनी लामा र भुमचलको सह-निर्माणमा बन्न लागेको चलचित्रमा १४ अञ्चलका ४० जना बालबालिकाले अभिनय गर्ने छन् । यसको साथमा शेर बहादुर डिसी,रेशम फिरिरि,अञ्जु थापा,सुनिता लामा,शिब नगरकोटी,मधुश्री न्यौपाने लगायतका कलाकारले अभिनय गर्ने छन् ।

 

भुपेस ओली, रञ्जन गिरी, सोम लामा, अनिल लामा, बलराम खड्का र अञ्जु थापाको सह-निर्माणमा बन्न लागेको चलचित्रमा १४ अञ्चलका ४० जना बालबालिकाले अभिनय गर्ने छन् । यसको साथमा शेर बहादुर डिसी,रेशम फिरिरि,अञ्जु थापा,सुनिता लामा,शिब नगरकोटी,मधुश्री न्यौपाने लगायतका कलाकारले अभिनय गर्ने छन् ।

 

चलचित्रमा बिनोद खम्बुको संगित, शंकर बिसीको नृत्य, रामनारायण चौधरीको छायाँकन, खेम बहादुर गुरूङको सम्पादन, योगेन्द्र श्रेष्ठको द्वन्द, रहने छ भने चलचित्रमा ३ जना निर्देशक रहने छन् । निर्देशकको नाम भने अहिले नखुलाउने चलचित्रका निर्माता तथा नायक महादेब त्रिपाठीले बताए । चलचित्रमा ३ जना निर्देशक रहे पनि चलचित्र हेरी सकेपछी मुख्य निर्देशक पत्ता लगाउनेलाई बिशेष पुरस्कारको व्यबस्था राखेको हुनाले निर्देशकको नाम अहिले नखुलाएको उनले बताए ।

 

 
 
COMMENTS (2)
 
unknown anger, 2010-03-19 08:37:34
madehev tripathi vaneko crow mancche ho...kasaili fasaunu pareo dhoka dinu pareo vane uslai samjhe hun6...sayad yestai manche ko yo dunima pragati hun6..tesaile ma chan6u ki yo manche ko pragati ko bato ma dherai kada haru aayos..la mahadev...aba ko 50 barsa pachi timro pragati hos ..ane nepal vari 6reara baseko temro bal baccha ko vagwan pasupati le kalyan garun...................................yo film le teme lai faida na hos ali ali ghata hos la..dherai hin ali ali
Gobinda Armaja, 2009-11-19 18:37:14
mahadev u start shooting.why are u take easy work to made film?
COMMETS
NAME
EMAIL
COMMENT
Visual CAPTCHA
     
     
WORLD PREMIERE
     
 
     
LATEST PROMO
     
 
     
POLL
निर्देशक तुलसी घिमिरेको जेठी छोरी भावना घिमिरे निर्देशक बन्ने कुरामा कत्तिको बिश्वस्त हुनुहुन्छ ?
१०० %
५० %
० %