Kollywood Exclusive - Nepali Movie News, Reviews, Event gallery, Nepali Celibrity, Nepali Actor, Nepali Actress, Nepali Film, Nepali songs, Nepali Videos, Nepali Film Director Producer, Film Poll

RB Music Production   |   मिति : २०६७ भाद्र २४, बिहिवार
HOME CELEBRITIES MOVIES PHOTO GALLERY MUSIC EVENTS
NEWS
 
महिलाहरूसँग नाचे दिलिप
रामचन्द्र नेपाल, २०६७ भाद्र २३, बुधवार

मलेसियाको क्वालालम्पुरमा पहिलो पल्ट स्थानिय नेपालीहरुले आयोजना गरेको तीज उत्सवमा  नायक दिलिप रायमाझि महिलाहरूसँग मज्जाले छमछमी नाचे ।   नायक दिलीपसँग नाच्न अधिकाशं महिलाहरुले रुची देखाएका थिए । कार्यक्रममा करिव एक घण्टा जति उपस्थित भएका दिलिपले आधा जसो समय नेपालीहरुसँग फोटो खिचेर विताएका थिए ।
READ MORE...
 
फियष्टामा हस्तक्षेप, स्थगित हुने - नहुने बिहिबार टुङ्गो
फिल्मीखबर , २०६७ भाद्र २३, बुधवार

क्रिएटिभ इन्टरनेशनल प्रोडक्सनको आयोजनामा  गएको सोमबारदेखि राजधानीमा जारी बर्ड फिल्म फियष्टा स्थगित हुने सम्भावना बढेको छ । सेन्सरबोर्डले सेन्सर नगरिएका चलचित्र समेत प्रदर्शन गरिएको भन्दै अन्तत् फोन मार्फत फियष्ट बन्द गर्न आयोजकहरूलाई दबाव दिएपछी कार्याक्रम स्थगित हुने सम्भावना बढेको हो ।
READ MORE...
 
फोन उठाउने फुर्सद छैन दिपकलाई
फिल्मीखबर, २०६७ भाद्र २३, बुधवार

माफ गर्नु होला तपाईले सम्पर्क गर्न खोज्नु भएको नम्बर अहिले ब्यस्त छ, केही सेकेण्ड घण्टी बजेपछी निर्देशक दिपक श्रेष्ठको मोबाइलमा दुरसंचार कम्पनीकी युवतीले फर्काउने जवाफ हो त्यो । आफ्नो होम प्रोडक्सनमा पहिलो पटक चलचित्र 'हिम्मत २'  निर्माण गरेका निर्देशक श्रेष्ठ हिजो आज निकै व्यस्त हुन थालेका छन् ।
READ MORE...
 
धडकन बढ्यो अरूणिमाको
फिल्मीखबर, २०६७ भाद्र २३, बुधवार

आफैले लेखेको अनि अभिनय पनि गरेको चलचित्र 'दीप शिखा ' पर्सीबाट प्रदर्शनमा आउने तयारीमा जुटेपछी नायिका अरूणिमा लम्सालको घडकन दिन दुई गुणा रात चौ गुणा बढिरहेको छ । नरेश पौडेलको चलचित्र  धडकनबाट डेब्यू गरेकी यि नायिकाले जसरी पहिलो चलचित्रका सुरूवातका दिनमा आलोचना खेपेकी थिइन त्यसरीनै चलचित्र दिप शिखा मा लेखक भएको कारण  आलोचना पाईने हो कि भन्ने डर उनीमा प्रष्ट झल्केको देखिन्छ ।
READ MORE...
 
एउटै रोलमा खेल्दैनन् कमलकृष्ण
फिल्मीखबर, २०६७ भाद्र २३, बुधवार

नायक हुने आशले कलिउड छिरेका कलाकार कमल कृष्ण पौड्याल जसरी खलनायक भएर परिचित भए त्यसै गरी खलनायकका हरेक रोलमा आफुलाई फरक फरक ढङ्गले प्रस्तुत गर्दै आएका छन् ।    २०५८ सालमा खरको छानोमा नायक भएर कलिउड छिरेका  कमलकृष्ण आजकल हरेक चलचित्रमा डिमाण्डका पात्र समेत बन्न थालेका छन् ।
READ MORE...
 
ऋचाको मुखमा बुझो
फिल्मीखबर, २०६७ भाद्र २३, बुधवार

वाक स्वतन्त्रतामाथि प्रतिबन्ध लगाउनु कहाँ सम्मको जायज हो ?  न त संविधानले नै त्यस्तो अधिकार दिएको छ न त पाइन्छ नै गर्न त्यस्तो । तर नायिका ऋचा शर्मालाई भने एक जना निर्माताले पूर्ण बोल्न प्रतिबन्ध लगाएका छन् ।
READ MORE...
 
सबिरलाई रात प्यारो
फिल्मीखबर, २०६७ भाद्र २२, मंगलवार

नायिका रेखा थापाको पाँचौ चलचित्र "कसले चोर्‍यो मेरो मन"  निर्देशन गरेर एकाएक चर्चा कमाएका निर्देशक सबिर श्रेष्ठ रात प्रेमी रहेको पाइएको छ । साहयक निर्देशक हुदै ठूलो ब्यानरमा काम गर्ने मौका पाएका निर्देशक श्रेष्ठ होहल्ला र  भिडलाई छिचोल्दै  फिल्मका हरेक काम रातको समयमा गर्ने गर्दछन् ।
READ MORE...
 
मुम्बईमा अभिनय सिक्दै उषा
फिल्मीखबर, २०६७ भाद्र २२, मंगलवार

दुई महिना अगाडी मुम्बई पसेकी नायिका उषा पौडेलले फेसबुक मार्फत आफू मुम्बईमा अभिनय सिक्दै गरेको बताएकी छिन् ।   उनले आफ्नो वालमा भारतिय अभिनेता अनुपम खेरसँग अभिनयको प्रशिक्षण लिएको कुरा उल्लेख गरेकी छिन् । साथै उनले मुम्बाईमा बसेर आफूले सिकेका कुराहरू नेपाल आएर आफूले अभिनय गर्ने चलचित्रमा प्रयोग गर्ने बताएकी छिन् ।
READ MORE...
 
शोभित एक साथ दुई फिल्मको तयारीमा
फिल्मीखबर, २०६७ भाद्र २२, मंगलवार

फिल्म निर्देशनमा मेसिनको उपाधी पाएका निर्देशक शोभित बस्नेत एक साथ दुई चलचित्र निर्देशनमा जुट्ने भएका छन् । यस अघि १८ वटा चलचित्र निर्देशन गरिसकेका निर्देशक बस्नेतले "युवराज"   र  "बरदान" चलचित्र एक साथ निर्देशन गर्न लागेको बताए ।
READ MORE...
 
आर्यनको क्याप रहस्य
फिल्मीखबर, २०६७ भाद्र २२, मंगलवार

हरेक सार्वजनिक स्थानमा क्यापसंगै भेटिने नायक आर्यन सिग्देल र उनले प्रयोग गर्ने क्यापबीचको सम्बन्ध के होला ? २४ घण्टामा झण्डै १८ घण्टा क्याप प्रयोग गर्ने नायक सिग्देल किन क्याप प्रयोग गर्छन त ? धेरैले रहस्यको रूपमा सो क्यापलाई हेर्दै आएपनि अन्तत: फिल्मीखबरले उनको क्याप रहस्य पत्ता लगाएको छ ।
READ MORE...
 
( Results : 1 - 10 of 2881 )
     
     
WORLD PREMIERE
     
 
     
LATEST PROMO
     
 
     
POLL
निर्देशक तुलसी घिमिरेको जेठी छोरी भावना घिमिरे निर्देशक बन्ने कुरामा कत्तिको बिश्वस्त हुनुहुन्छ ?
१०० %
५० %
० %