|
MOVIES
|
|
|
|
टक्कर दुई मुटुको
|
|
|
सोफिया सिने आर्टस्को पाचौ प्रस्तुति र ऋषि न्यौपानेको निर्देशनमा बनेको टक्कर दुई मुटुको यही माध १ गते देखि मोफसलका विभिन्न शहरबाट प्रर्दशन भएको छ । रोज राणाद्वारा निर्मित मौनता श्रेष्ठको लेखन, वसन्त सापकोटाको संगीत, राजु शाह र कविराज गहतराजको नृत्य रहेको उक्त चलचित्रमा रोज राणा, सौजन्य सुब्बा, अर्जन कार्की आदी कलाकारले अभिनय गरेका छन् ।
READ MORE...
VIEW PHOTO
|
VIEW VIDEO
|
|
|
|
|
बाटुली
|
|
|
करिब डेढबर्षको प्रतिक्षा पछि रञ्जित रानाको निर्देशनमा बनेको चलचित्र 'बाटुली' शुक्रवारदेखि मोफसलका एक दर्जन हलमा प्रदर्शन भइरहेको छ । आफ्नो चलचित्र दर्शकले अत्याधिक मन पराएको दावी निर्माता डक्टरसिंह गुरुङको रहे पनि पोखराका पूर्णिमा हलका सञ्चालक र नेपाली चलचित्रका वितरक हरि बरालले दर्शक खासै नरहेको बताएका छन् ।
READ MORE...
VIEW PHOTO
|
VIEW VIDEO
|
|
|
|
|
माया त माया हो
|
|
|
तुलसी घिमिरेको निर्देशनमा बनेको चलचित्र 'माया त माया हो' गत शुक्रबारबाट मोफसलका हलहरूमा प्रदर्शन भईरहेको छ । तुलसी घिमिरेको लेखन तथा निर्देशनमा विनोद अर्यालले निर्माण गरेको चलचित्रमा निखील उप्रेती, संचिता लुइटेल, सन्दीप सापकोटा, तुलसी घिमिरे, लक्ष्मी गिरी, शन्तिप्रियलगायतका कलाकारले अभिनय गरेका छन् ।
READ MORE...
VIEW PHOTO
|
VIEW VIDEO
|
|
|
|
|
चाङ स्युमी
|
|
|
काली गण्डकी सिनेमा प्रालिको ब्यानरमा निर्मित फिल्मले तामाङ समाजमा सासु-बुहारीबीचको सम्बन्ध त्यसमा माइती र दाजुभाइको भूमिकालाई दृष्यांकन गरेको छ । राम/जनक निर्देशित फिल्ममा तामाङ समुदायको बिहे संस्कृति र चेलीबेटीलाई गर्ने व्यवहार पनि समेटिएको छ । 'संस्कृति, भाषा र रहनसहन फरक भए पनि तामाङ चेलीले बिहेपछि आम नेपाली बुहारीकै हविगत खेप्नुपर्छ' फिल्मका सहायक निर्देशक भीम वलले भने, 'यसलाई तामाङ परिवेशबाट देखाउन खोजेको हुँ ।
READ MORE...
VIEW PHOTO
|
VIEW VIDEO
|
|
|
|
|
बर्षा आकाश गंगा
|
|
|
अभिनेत्री एलिजा रिजालले निर्माण गरेको चलचित्र 'बर्षा आकाश गंगा' उपत्यका बाहिरबाट प्रदर्शनमा आउने भएको छ भने उपत्यकामा पनि प्रदर्शन गर्ने तयारी गरेकी छिन् । यहि मंसिरको अन्तिम साता देखि उपत्यका बाहिर प्रदर्शन गर्न लागेकी एलिजाले महिला भएर चलचित्र निर्माण गर्दा र प्रदर्शन गर्न निकै दुख पाएको गुनासो पोखिन् ।
READ MORE...
VIEW PHOTO
|
VIEW VIDEO
|
|
|
|
|
नेपाली वीर
|
|
|
रिम विश्वकर्माले निर्देशन गरेको चलचित्र 'नेपाली वीर' मोफसलबाट प्रदर्शनमा आउने भएको छ । नेपालको अस्तित्व जोगाउन वीर सहिदहरूले पुर्याएको योगदानलाई कथावस्तु बनाइएकोकलाधर आचार्यको यस चलचित्र यहि मंसिर २६ गते देखि मोफसलका बिभिन्न शहरहरूमा प्रदर्शन हुने भएको छ ।
चलचित्रमा रमित ढुङ्गाना र उषा पौडेलको मुख्य अभिनय रहेको छ ।
READ MORE...
VIEW PHOTO
|
VIEW VIDEO
|
|
|
|
|
कहाँ छौ कहाँ
|
|
|
दयाराम दाहालको निर्देशनमा तयार भएको चलचित्र 'कहाँ छौ कहाँ' यहि शुक्रबारबाट राजधानीमा प्रदर्शन हुने भएको छ । गोविन्द शाहीको निर्माणमा बनेको यस चलचित्र राजधानीका करिब १ दर्जन हलहरूमा एकसाथ प्रदर्शन हुने भएको छ ।चेलीबेटी बेचबिखनको बिषयमा आधारित भएर बनेको यस चलचित्रमा बिराज भट्ट, झरना थापा र गोविन्द शाहीको मुख्य अभिनय रहेको छ ।
READ MORE...
VIEW PHOTO
|
VIEW VIDEO
|
|
|
|
|
द प्लान
|
|
|
कृष्ण बहादुर लामगादेको निर्माणमा हङकङका स्थानिय कलाकारहरूले अभिनय गरेको चलचित्र 'द प्लान' हङकङ, लण्डन र कोरियामा सफल प्रदर्शन पश्चात आउदो डिसेम्बर २७ तारिखको दिन बेलायतको रिडइङ शहर र ब्रुनाईमा प्रदर्शन हुने भएको छ ।
हङकङका बिभिन्न स्थानहरूमा छायाँकन गरिएको यस चलचित्रको सम्पूर्ण निर्माण कार्य पनि हङकङमा नै गरिएको सागर नहर्कीले फिल्मीखबर डटकमलाई जानकारी दिए ।
READ MORE...
VIEW PHOTO
|
VIEW VIDEO
|
|
|
|
|
यतिको खोजीमा
|
|
|
तेक्वान्डो आइ.टि.एफ. नेपालका संस्थापक अध्यक्ष तथा अन्तराष्ट्रिय ए क्लासका रेफ्री समेत रहेका लक्ष्मण बस्नेतले निर्माण गरेको चलचित्र चलचित्र 'यतिको खोजीमा' ले अहिले विश्व भ्रमण गरिरहेको छ । यस चलचित्र प्रदर्शनीको क्रममा कोरिया, मलेसिया हुदै ब्रुनाइ पुगिसकेको छ ।
मुस्ताङको ले-ले,टुकुचे,अन्नपूर्ण रेन्ज लगाएतका रमणिय स्थलमा छायाँकनगरेर यस चलचित्रले विश्वसामु नेपालको पहिचान गराउने काम गरेको छ ।
READ MORE...
VIEW PHOTO
|
VIEW VIDEO
|
|
|
|
|
धुम
|
|
|
जयकिशन बस्नेतको निर्माण तथा सोभित बस्नेतको निर्देशन रहेको चलचित्र 'धुम’ मोफसलको सफल प्रदर्शन पश्चात कार्तिक २० गते शुक्रबारबाट राजधानीमा प्रदर्शन भएको छ ।
हांस्य प्रधान चलचित्र 'धुम’ मा विराज भट्ट, निर्माता जयकिशन बस्नेत, रमित ढुङ्गाना, सुरज आर.डि., अर्जुन कार्की, रेजिना उप्रेती, सञ्जिता गुरुङ्ग, नरेश पौडेल, राजेश ढुङ्गाना, जेनी कुँवर र निर्देशकसोभित बस्नेतको मुख्य भुमिका रहेको छ ।
READ MORE...
VIEW PHOTO
|
VIEW VIDEO
|
|
|
|
|
|
( Results : 1 - 10 of 32 ) |
|