Kollywood Exclusive - Nepali Movie News, Reviews, Event gallery, Nepali Celibrity, Nepali Actor, Nepali Actress, Nepali Film, Nepali songs, Nepali Videos, Nepali Film Director Producer, Film Poll

RB Music Production   |   मिति : २०६७ भाद्र २४, बिहिवार
HOME CELEBRITIES MOVIES PHOTO GALLERY MUSIC EVENTS
'कलाकार नभएको भए आर्मी हुन्थें' - नायक सुमन सिंह
सुमन गैरे , २०६६ फाल्गुन ९, आईतवार

मोडलिङबाट टेलिचलचित्र हुँदै चलचित्रको क्षेत्रमा प्रवेश गरेका नायक सुमन सिंह एक आश लाग्दा नायक हुन् । उनले अहिलेसम्म एक दर्जन भन्दा बढि चलचित्रमा आफ्नो अभिनय गरेर आफ्नो छुट्टै पहिचान बनाई सकेका छन् । शुरूमा अभिनयमा खासै रूचि नरहेको बताउने नायक सुमनले अहिले भने अभिनयबाट टाढा रहन नसक्ने बताउँछन् । प्रस्तुत छ उनै नायकसँग फिल्मीखबर डटकमले गरेको कुराकानी -  

 

अभिनय यात्रा के बाट शुरू गर्नुभयो ?

सन् २००२ मा 'क्याटमाण्डु' नामक टेलिचलचित्रबाट नै मैले आफ्नो अभिनय यात्रा शुरू गरेको हुँ ।

अभिनय नै किन रोज्नु भयो ?

अभिनयमा लाग्छु भनेर मैले सोचेको पनि थिएन र मेरो रहरको बिषय पनि हैन । तर पनि मोडलिङ चाहिँ गर्ने इच्छा थियो । यहि मोडलिङ गर्ने क्रममा भाग्यले जुराएर नै भनौं, म यो क्षेत्रमा आएँ ।

मोडलिङमा आउन मन लाग्नुको कारण ?

फेसन टिभि, त्यसैगरी मोडलिङ सम्बन्धित कार्यक्रमहरू निकै हेर्थें तर त्यहाँ मोडलिङ गर्ने मोडलहरूको स्टाईल, ड्रेसअप देखेर मलाई पनि त्यसै मोडल बन्न मन लाग्थ्यो । मलाई पनि स्टाईलिस्ट बन्न मन लागेको हुनाले म मोडलिङ तिर लागेको हुँ ।

अहिले कत्तिको स्टाईलिस्ट छु जस्तो लाग्छ त ?

पहिला भन्दा धेरै नै स्टाईलिस्ट बनेको छु ।

एउटा सफल मोडल हुन के-के कुराको आबश्यकता पर्छ त ?

सबैभन्दा पहिला त आफूमा आत्मबल हुनुपर्छ । त्यसपछी काममा लगनशिल हुनुपर्छ । अनि मोडलिङ सम्बन्धी ज्ञान पनि हुनु आवश्यक छ ।

तपाईले अभिनय गरेको पहिलो चलचित्र ?

मेरो अभिनय यात्राको पहिलो चलचित्र 'दु:ख' हो । त्यसमा मैले सानो भुमिका निर्वाह गर्ने मौका पाएको थिएँ । त्यसपछी तुलसी घिमिरेको 'दुई किनारा' मा मैले आफ्नो अभिनय देखाउने मौका पाएको थिएँ ।

अहिले सम्म कतिवटा चलचित्रमा अभिनय गरिसक्नु भयो त ?

एक दर्जन भन्दा बढी चलचित्रमा अभिनय गरिसकेको छु ।

सुमन सिंह कलाकार नभएको भए ?

बच्चा देखिनै आर्मी बन्न मन लागेको हुनाले सायद म आर्मी नै हुन्थें होला ।

कत्तिको राम्रो छु जस्तो लाग्छ ?

आफूले आफूलाई मूल्याङन गर्न मिल्दैन। तर पनि सबैले राम्रो नै छु भन्छन् सायद राम्रै नै छु होला ।

पुरूष कलाकारको महिला फ्यान धेरै हुन्छन् रे ! कसैले म तपाईंलाई मन पराउछु, बिहे गर्न चाहन्छु भनेर भनेका छन् कि ?

यस्तो भन्ने धेरै नै हुनुहुन्छ तर उहाँहरूले मलाई भन्दा पनि मेरो अभिनयलाई मन पराउनु भएकोले म यसलाई सामान्य रूपमा लिन्छु र अझ यसैगरी धेरै माया गर्नुहोस् भन्न चाहन्छु ।

कस्ती केटी आफ्नो जीवन संगिनी होस् भन्ने चाहनुहुन्छ ?

मेरो जीवन साथी खोज्ने जिम्मा मैले आफ्नो परिवारलाई दिएको छु । त्यसैले उहाँहरूले रोजेको केटीलाई नै मैले आफ्नो जीवनसाथीको रूपमा स्विकार्ने छु ।

आफूले अभिनय गरेका कुनै तिन उत्कृष्ट चलचित्रको नाम लिनु पर्दा कुन-कुन लिनुहुन्छ ?

हुनत आफूले गरेका सबैकाम नै उत्कृष्ट नै लाग्छ तर पनि मैले अभिनय गरेका चलचित्र मध्ये 'जीवनमृत्यु', 'रणसंग्राम' र 'नाइ नभन्नु ल' अलि मन परेका चलचित्र हुन् । 'जीवनमृत्यु' र 'रणसंग्राम' चाहिँ मेरो क्यारियरको टर्निङ प्वाईन्ट नै हो र प्रदर्शनको क्रममा रहेको चलचित्र 'नाइ नभन्नु ल' बाट भने प्रतिक्रिया पाउन बाँकी नै छ ।

एउटा कलाकारको नाताले आफ्नो पछिल्लो चलचित्र 'नाइ नभन्नु ल' लाई कसरी हेर्नुभएको छ ?

निर्देशक बिकाश आचार्य जी काममा निकै मेहनती हुनुहुन्छ । उहाँले कथा मात्र राम्रो लेख्नु हुन्न । कथासँगै चलचित्रको निर्देशन पनि राम्रो गर्नुहुन्छ भन्ने कुरा मैले बुझ्ने मौका पाएँ यस चलचित्रबाट । म उहाँको चलचित्रमा काम गर्न पाएकोम निकै खुसी पनि छु । चलचित्र एकदमै राम्रो बनेको छ । एकपटक भएपनि हेर्न नाइ नभन्नु होला ।

तपाईलाई कुन कलाकारसँग अभिनय गर्ने रहर छ ?

म भन्दा सिनियर सबै कलाकारसँग मलाई काम गर्ने ईच्छा छ । किनकी उहाँहरू सँग काम गर्दा धेरै कुरा सिक्ने मौका पाइन्छ ।

अभिनय यात्राको कुनै एउटा अविश्मरणिय क्षण ?

पहिलो पटक चलचित्र 'दुई किनारा' मा नायिका निरूता सिंहसँग अभिनय गर्न पर्दा निकै नर्भस भएको थिएँ । मेरो अभिनयको पहिलो दिनको पहिलो सटमा नै नायिका निरूताले मलाई अंगालोमा बाँध्नु पर्ने सिन थियो । वरिपरि धेरै मान्छेहरू थिए । जब निरूता जी मलाई अंगालोमा बाँध्न नजिक आउनु भयो त्यसपछि त मैले आफ्नो डायलग सबै बिर्संक र एकदमै नर्भस पनि भएको थिएँ । त्यो दिन म कहिल्यै बिर्सन सक्दिन ।

अन्तमा चलचित्र प्रेमी दर्शकहरूलाई आफ्नो तर्फबाट के भन्न चाहनुहुन्छ ?

उहाँहरूको मायाले गर्दा म आज सुमन सिंह भनेर चिनिने मौका पाएको छु । त्यसैले उहाँहरूको माया यसैगरी सधैं पाईरहन सकुँ । म भित्र रहेका कमजोरीहरूलाई औंल्याईदिनु होला जसले गर्दा मलाई अझ राम्रो काम गर्न हौसला मिल्नेछ । धन्यवाद !

COMMENTS (7)
 
Biswash singh Thakuri , 2010-03-27 13:10:59
Sumana dai hajur ramro actor hunuhunchha . malai hajurko parsanality man parchha .
jonesh subba, 2010-03-20 03:02:06
nepali heros are looking handsome but we need six pack..........ok any way suman singh...best of luck from our side
utsahi, 2010-03-16 10:27:29
oh, suman ji k ho familile jasto keti rojidie pani bihe garidine? jindagima one patak garne bihe ramri keti sanga garnu par6 hai best of luck,
pitambar, 2010-03-12 16:08:37
you are so handsome,best of luck.keep it up.
Roshan, 2010-03-03 11:42:14
Best actor,,,,,,,,,,,,,,,,,,,,,
karsang, 2010-02-26 00:14:39
suman jee avinay ma ali dubne kossis garnus .. avinay vaneko ramro samwad performance garnu ho...
Milan, 2010-02-22 14:12:27
best of luck Suman ji
COMMENTS
NAME
EMAIL
COMMENT
Visual CAPTCHA
     
     
WORLD PREMIERE
     
 
     
LATEST PROMO
     
 
     
POLL
निर्देशक तुलसी घिमिरेको जेठी छोरी भावना घिमिरे निर्देशक बन्ने कुरामा कत्तिको बिश्वस्त हुनुहुन्छ ?
१०० %
५० %
० %