Kollywood Exclusive - Nepali Movie News, Reviews, Event gallery, Nepali Celibrity, Nepali Actor, Nepali Actress, Nepali Film, Nepali songs, Nepali Videos, Nepali Film Director Producer, Film Poll

RB Music Production   |   मिति : २०६७ भाद्र २१, सोमवार
HOME CELEBRITIES MOVIES PHOTO GALLERY MUSIC EVENTS
INTERVIEW
 
हामी पास भई सक्यौं - अपिल बिष्ट
सुमन गैरे, २०६७ भाद्र २, बुधवार
१५ वर्षअघि तत्कालिन एमाले महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको चितवनको दासढुंगामा भएको रहस्यमय हत्याको घटनामा आधारित चलचित्र ‘दासढुंगा’ छिट्टै प्रदर्शन हुने भएको छ । अपिल बिष्टको निर्माणमा मनोज पण्डितले निर्देशन गरेको यो चलचित्र सम्भवत भदौ महिनाको तेस्रो साता भित्रमा प्रदर्शन हुनेछ । चलचित्रमा अनुप बराल, सञ्चिता लुईटेल, सौगात मल्ल, दयाहाङ र्राई, मोहन भण्डारी, रामकृष्ण पौडेल, बीएस राणा लगायतका कलाकारहरूको अभिनय रहेको छ । यहि चलचित्रमा आधारित भएर निर्माता अपिल बिष्टसँग गरिएको कुराकानी -
READ MORE...
 
रेगिस्तानमा कमल फुलाउँनु पर्छ' - नवनायिका कोपिला कार्की
तीर्थ संगम राई, २०६७ श्रावण २७, बिहिवार
व्यस्त जीवन शैली र समय अभावको बाबजुत पनि हिजो आज दोहामा सुनि रहने र मिडियामा आई रहने कला क्षेत्रकी नव नायिकाको एउटा नाम हो कोपिला कार्की । ललितपुरको गोदावरीमा स्थानिय घर भई हाल कतारको एक प्रतिष्ठित कम्पनिमा सेल्स अफिरको काम गरि रहेकी कोपिला नेपालबाट नै कला क्षेत्रमा प्रवेश गरेकी हुन । कोपिलाको जीवन रफ्तार र उतार चढाव सगै कहिले सिङ्गापुर कहिले कुवेत हुदै हाल दोहामा २ बर्ष देखि कार्यरत छिन् । परिवारको जिम्मेवारी र आफ्नो जीवनलाई सहि तरिकाले समायोज गरेर अघि बढि रहेकी कोपिलाले कतारमा भएका स्टेज सोहरुमा उदघोषिकाको भुमिका पनि निभाउदै आईरहेकी छिन् । कोपिलाले कतारबाट निर्मित नेपाली कथानक चलचित्र 'यदि' बाट अभिनयको आरम्भ गरेकी हुन । तर प्राविधिक कारणले उक्त चलचित्रलाई बिचमा नै छोड्नु परेको तीतो यथार्थलाई उनी बिर्सन सक्दिनन् । पछिल्लो समयमा सिने सरोकार केन्द्र दोहा कतारले निर्माण गरि रहेको चलचित्र 'इसारा जिन्दगीको' मा पुन नायिकाको भुमिकामा अनुबन्धित् भएर काम सुरु गरिरहेकी छिन् ।   कलाकारिताको सुरुवात कसरी गर्नु भयो ? २ बर्ष अगाडि स्टार क्रियशनमा शिव विकको निर्देशनमा सबै भन्दा पहिला लोक दोहोरीमा मोडलिङ गरेबाट मेरो कलाकारिताको सुरुवात भएको हो । त्यस पछि मैले इसियार एफ एम गोदावरीबाट संचालित 'शन्देस' कार्यक्रममा उद्घोषिकाको रुपमा पनि काम गरे । अहिले दोहाबाट बनि रहेको बिभिन्न म्युजिक भिडियोहरु र सिने सरोकार केन्द्र दोहा कतारबाट निर्माण भईरहेको चलचित्र 'इसारा जिन्दगीको' मा नायिकाको भुमिका गरिरहेकी छु । 'इसारा जिन्दगीको' कस्तो चलचित्र हो ? यो चलचित्र प्रवास र दोहाको नेपाली जनजीवनको दर्पण हो । जुन दर्पणमा हामी कतार र कतारको नेपालीहरुको जनजीवन नियाल्न सक्दछौ । दोहामा रहेका कलाकारहरुकॊ भुमिका कस्तो हुनुपर्छ जस्तो लाग्छ ? सबै भन्दा पहिला नेपाली कला र संस्कृति झल्काउने र संरक्षण गर्ने हुनुपर्छ । सम्पुर्ण नेपाली कलाकारहरुले पहिला म नेपाली हुँ मैले गरेको कामले नेपालको प्रतिनिधित्व गर्ने छ भनेर सोच्न जरुरी हुन्छ । त्यस पछि व्यावसायीकरण तिर लम्कदै अन्तराष्ट्रिय बजारसँग प्रतिस्पर्धा गर्न सक्ने प्रस्तुति दिन सक्नु पर्छ । तर नेपाली कला र संस्कृतिको मर्म र भावलाई भने मार्न हुदैन । म त यो भन्न चाहान्छु हामीले पोखरीमा हैन रेगिस्तानमा कमल फुलाउँनु पर्छ तब मात्र दोहाको कलाकारहरुको पहिचान हुनेछ । दोहामा कलाकारिताको अनुभव र भविष्य कस्तो देख्नु भएको छ ? दोहाको परिवेशमा कलाकारिताको अनुभव अति नै कष्टकर छ । सातामा छ दिन ड्युटि एक दिन शुक्रबार बिदा हुन्छ । त्यहि दिनलाई सदुपयोग गर्नु पर्ने हुन्छ । त्यस पछि कतारको अति नै कडा कानुन प्रचण्ड गर्मी सबै कुरालाई सम्झौता र सामना गरेर यो क्षेत्रमा लाग्नु पर्ने हुन्छ । तर पनि सुर्टिङ्ग स्पोटमा हुने पारिवारिक माहौलले गर्दा यो सब कुरा ख्याल हुदैन । दोहामा पनि कलाकारितालाई व्यावसायीकरण गर्न सकिने अवस्था छ । यहाँ भएका सम्पुर्ण कलाकारहरु एक आपसमा मिलेर गएको खण्डमा कलाकारिताको भविस्य पनि राम्रो छ ।   भविष्यमा यहि क्षेत्रलाई निरन्तरता दिनु हुन्छ या अरु नै योजना बनाउनु भएको छ ? अहिले यसै भन्न सक्ने स्थीति छैन । गर्दै जाऊ यो क्षेत्रमा टिकिरहन सके यसै क्षेत्रलाई अगाडि बढाउने छु । तर बैकल्पिक बाटोहरु बनाएर अगाडि बढ्न भने छाड्ने छैन । भोलि कस्ले देखेको छ र ? यस क्षेत्रमा कसलाई प्रेरणाको श्रोत मान्नुहुन्छ ? धेरैको नाम लिनु पर्ने हुन्छ तर म दोहामा रहेको मेरो बाबालाई मेरो प्रेरणाको श्रोत मान्दछु । प्रवासमा रहेका कलाका पारखी नेपालीहरुलाई केहि भन्न चाहानु हुन्छ  ? प्रवासमा रहनु भएका सम्पुर्ण नेपालीहरु जो परिवारबाट टाढा रहेर परिवारको लागि श्रमको खेति गरि रहनु भएको त्यो अति नै सम्मानजनक छ । तर नगन्य संख्यामा रहनु भएका ती नेपाली दाजुभाई र दिदी बहिनीहरु प्रति दुःख लाग्छ जस्को आँखा अति नै कुण्ठित र घिन लाग्दो छ । बिशेष गरेर हामी महिला कलाकारहरुलाई हेर्ने वहाँहरुको आँखा सारै नै गतल छ । म वहाँहरुलाई भन्न चाहान्छु कि हामीले कलालाई साधना र पुजाको रुपमा लिएका छौ । इमान्दारी र नेपाली पहिचान हाम्रो कसी हो । यसलाई गलत आँखाले अर्को परिभाषा नलाई दिनु होला ।  
READ MORE...
 
प्रेमकथालाई छोड्न सक्दिन - निर्देशक पौड्याल
सुमन गैरे, २०६७ श्रावण १७, सोमवार
विगत १५ वर्षदेखि नेपाली चलचित्र क्षेत्रमा सक्रिय रुपमा लागि परिरहेका निर्देशक हुन् नरेश पौड्याल । उनले निर्देशन गरेको पछिल्लो चलचित्र 'दिपशिखा' प्रदर्शनको तयारीमा रहेको छ । यो चलचित्र भाद्र २५ गतेबाट देशभर एकसाथ प्रदर्शनमा आउँदै छ ।       तपाईंको चलचित्र 'दिप-शिखा' लाई दर्शकहरूले किन हेर्ने ? आज सम्म कुनै पनि निर्माता निर्देशकले नेपाली चलचित्र हेर्ने दर्शकहरूको चाहनालाई बुझ्न सकेका छैनन् । दर्शकहरू के चाहन्छन् भन्ने कुरा थाहा पाउन सकेको भए सायद सबै चलचित्र सफल हुन्थे होला । मैले पनि सम्पूर्ण दर्शकहरूको चाहना पूरा गर्ने चलचित्र बनाएको छु भनेर त भन्दिन तर पनि हरेक दर्शकलाई ध्यानमा राखेर 'दिप-शिखा' निर्माण गरेको छु । सायद यो चलचित्रमा दर्शकहरूले खोजेका कुराहरू पाउन सक्नुहुन्छ होला ।   के बिषयमा केन्द्रित छ त यो चलचित्र ? यो साँगितिक प्रेमकथामा आधारित चलचित्र हो । चलचित्रको शुरूवातमा कमेडीलाई अलि बढि प्राथमिकता दिएको छु भने त्यसपछि चलचित्रले युवाबर्गमा हुने प्रेमसम्बन्धलाई मिठो ढंगले प्रस्तुत गरेको छु ।   पात्र चयनमा निकै उतारचढाव आएको थियो नि ? यो चलचित्र करिब ४ बर्ष अगाडी निर्माण गर्ने तयारी गरेको थिए जसले गर्दा त्यो बेलाका चलेका कलाकारहरूलाई लिने योजना बनाएको थिएँ तर पछि ति पात्रहरूले आफ्नो छबि परिवर्तन गरे ।  र समयको परिवर्तन अनुसार पात्रहरूमा पनि परिवर्तन गर्नु पर्‍यो । अहिले जुन पात्रहरू छन् उनीहरूनै दिपशिखाको लागी योग्य छन् । मैले चयन गरेका पात्रहरूले मेरो चलचित्रलाई न्याय गरेका छन् । नरेश पौड्यालले प्रेमकथामा नै आधारित रहेर चलचित्र निर्माण गर्नुको कारण ? मैले बनाएका सबै चलचित्रहरू प्रेमकथामा नै आधारित छन् र दर्शकहरूले सोचे भन्दा बढी मन पराईदिनु भएको छ । त्यसैले मैले प्रेमकथाका चलचित्रहरूलाई छोड्न सकेको छैन ।   अरू कथामा चलचित्र राम्रो बन्न सक्दैनन् र ? प्रेमकथामा मात्र बनेका चलचित्र सफल बन्छन् भन्ने हैन । मात्र नरेश पौड्यालले प्रेमकथामा आधारित चलचित्रलाई न्याय गर्न सक्ने भएकोले नै मैले आफ्नो चलचित्रमा प्रेमकथालाई प्राथमिकता दिएको हुँ ।   नायिका अरूणिमालाई चलचित्र लेखनको जिम्मा दिनुको कारण ? अरूणिमामा भएको खुबिलाई मैले उतार्ने प्रयास गरेको मात्र हुँ । साच्चिकै नै उनले राम्रो कथा लेखेकी छिन् र उनको कथालाई मैले न्याय गरेको छु ।     चलचित्रमा द्वन्दलाई कत्तिको प्राथमिकता दिनु भएको छ ? यो चलचित्र द्वन्दप्रधान चलचित्र भने हैन तर पनि यस चलचित्रमा २ वटा द्वन्दलाई प्रस्तुत गरिएको छ । मैले चलचित्र बनाउँदा हरेक बर्गलाई ध्यानमा राखेर चलचित्र बनाउने गर्छु । त्यसैले मेरो चलचित्रमा हरेक पक्षलाई समाबेश गरिएको हुन्छ ।   'दिपशिखा' चल्ने कुरामा कत्तिको बिश्वस्त हुनुहुन्छ ? २०० % नै बिश्वस्त छु । किनभने, हामीले यो चलचित्र निर्माणमा निकै मेहनत गरेका छौं र राम्रो काम पनि गरेका छौं । मेहनत र राम्रो कामको फल पक्कै पनि राम्रै हुन्छ ।   कुमारी हलमा पनि चलचित्र चलाउदै हुनुहुन्छ रे ! हो । कुमारी हलमा मात्र चलचित्र हेर्ने दर्शकहरूले मेरो चलचित्र 'दिपशिखा' हेर्न पाउनु हुनेछ । कुमारी, जयनेपाल जस्ता हलमा मात्र चलचित्र हेर्न चाहने दर्शकहरूलाई मध्यनजर गर्दै मैले कुमारीमा पनि यो चलचित्र चलाउन लागेको हुँ ।      अन्तमा के भन्न चाहनुहुन्छ त ? सबै भन्दा पहिला त नेपाली चलचित्रलाई माया गरेर नेपाली चलचित्र क्षेत्रलाई बचाई रहनु भएका दर्शकहरू प्रति म आभार प्रकट गर्दछु । 'दिपशिखा' चलचित्रलाई पर्खेर बस्नुभएका दर्शकहरूलाई धैर्य गर्न अनुरोध गर्दछु । किनभने साउन २८ गते बिबिध कारणले गर्दा यो चलचित्र प्रदर्शन हुन सकेन । अब भाद्र २५ गते तपाईंहरूको शहरमा 'दिपशिखा' लाई लिएर आउँदै छु । साथमा नेपाली चलचित्र हेर्न नचाहने दर्शकहरूलाई एक पटक यो चलचित्र हेर्न बिनम्र आग्रह पनि गर्दछु । किनभने यो चलचित्र तपाईहरूले सोचे भन्दा राम्रो बनाएको छु ।  
READ MORE...
 
दिप-शिखामा नारीको भावनालाई समेटिएको छ - नायिका अरूणिमा लम्साल
सुमन गैरे, २०६७ श्रावण ८, शनिवार
नायिका अरूणिमा लम्सालको कथामा बनेको चलचित्र 'दिप-शिखा' यहि साउन २८ गते देखि राजधानी र राजधानी बाहिरका प्रमुख शहरहरूमा एक साथ प्रदर्शनमा आउँदै छ । आफूले पहिलो पटक चलचित्रको कथा लेखेको भएर नै होला उनी चलचित्र प्रदर्शन भएर दर्शकको प्रतिक्रियाको पर्खाईमा छिन् । प्रस्तुत छ यिनै नायिकासँग फिल्मीखबर डटकमले गरेको अडियो कुराकानी -
READ MORE...
 
मेहनत अनुसारको पारिश्रमिक लिन्छु - नायिका नम्रता श्रेष्ठ
सुमन गैरे , २०६७ आषाढ २५, शुक्रवार
सानो संसारबाट रजतपटमा पाईला टेकेकी नायिका नम्रता श्रेष्ठले नायक दिलिप रायमाझीले निर्माण गर्न लागेको चलचित्र 'मिस यु' मा अभिनय गर्ने भएकी छिन् । सुरेशदर्पण पोखरेलले निर्देशन गर्न लागेको सो चलचित्रमा नायिका नम्रता ४ लाखमा अनुबन्धित भएकी छिन् । सो चलचित्रको अहिले गृहकार्य भईरहेको छ । उनै नम्रतासँग फिल्मीखबर डटकमका प्रधानसम्पादक सुमन गैरेले गरेको अडियो कुराकानी -  
READ MORE...
 
परिश्रमको उचित मूल्याङ्कन हुनुपर्छ - निर्देशक सबिर श्रेष्ठ
सुमन गैरे , २०६७ आषाढ १२, शनिवार
नेपाली चलचित्रमा सहायक निर्देशक भई १० बर्ष बिताएर रेखा फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्र 'कसले चोर्यो मेरो मन' बाट डेब्यू गरेका निर्देशक सबिर श्रेष्ठ अहिले निर्माताको रोजाईका निर्देशक बनेका छन् । 'कसले चोर्यो मेरो मन' निर्देशन गरे लगत्तै उनले उमा बेबी, कृषा चौलागाईं र सुनिल रावलको चलचित्र  निर्देशन गर्ने अवसर पाएका छन् । उनले निर्देशन गरेको उमा बेबीको चलचित्र 'इशारा' को अहिले सम्पादन भईरहेको छ । 'इशारा' को सम्पादन कक्षमा भेटिएका निर्देशक सबिरसँग फिल्मीखबरको कुराकानी –    
READ MORE...
 
म फ्लप निर्देशक हैन - निर्देशक कृष्ण चापागाईं
गिरीराज भट्टराई, २०६७ आषाढ १, मंगलवार
सुनिल मानन्धरको निर्माणमा कृष्ण चापागाईंले निर्देशन गरेको चलचित्र राजधानीको सफल प्रदर्शन पश्चात मोफसलमा पुगेको छ । चलचित्रको प्रचार प्रसारको क्रममा दमक पुगेका निर्देशक कृष्ण चापागाईंसँग फिल्मीखबरका प्रतिनिधी गिरीराज भट्टराईले गरेको कुराकानी -  
READ MORE...
 
मेरो पुनर्जन्म हुँदैछ - नायक दिलिप रायमाझी
सुव्रत आचार्य, २०६७ ज्येष्ठ १४, शुक्रवार
दर्पणछायाँ चलचित्रबाट नेपाली चलचित्रको दुनियाँमा छाएका नायक दिलिप रायमाझीले पछिल्लो समयमा राम्रो चलचित्रमा अभिनय नगरेको गुनासो आएको छ । तर अहिले भने उनका हातमा राम्रा चलचित्र आएका छन् । यहि बिषयमा आधारित रहेर सुव्रत आचार्यले गरेको यो छोटो कुराकानी -
READ MORE...
 
'दर्शक घट्नुको कारण नै प्रबिधी हो ' - उत्तम दुवा
सुमन गैरे , २०६७ ज्येष्ठ ४, मंगलवार
करिब ३ दशक देखि नेपाली चलचित्र क्षेत्रलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा बिशेष योगदान दिँदै आएका उत्तम दुवा पोखराका बिन्ध्वाबासिनी, श्रीकृष्ण र बाराही हलका सञ्चालक हुन् । नेपाली चलचित्रको बजार बिस्तार गर्ने उद्देश्यका साथ बुटवलमा २०३८ सालमा कालिका चलचित्र मन्दिर सञ्चालनमा ल्याएका दुवाले २०४३ सालमा पोखरामा बिन्ध्वाबासिनी चलचित्र मन्दिरको स्थापना गरे । त्यसको केहि बर्षमा बिन्ध्वाबासिनी हलसँगै श्रीकृष्ण र बाराही हल पनि सञ्चालनमा ल्याए । अहिले यि तिनै हल एकै ठाउँमा एकैसाथ सञ्चालनमा छन् । यसैगरी उनले मोफसलमा पहिलो पटक सुबिधा सम्पन्न फिल्म सुटिङ स्टुडियोको समेत निर्माण गरेका छन् । केहि महिना अगाडी पोखराको बुढीबजारमा बाराही स्टुडियो खोलेपछी छायाँकनको लागी पोखरा पुग्ने चलचित्रकर्मीहरूलाई निकै राहत पुग्ने गरेको छ । नेपाली चलचित्रको बजारलाई नजिकबाट नियालेका दुवासँग फिल्मीखबरले गरेको यो कुराकानी -
READ MORE...
 
प्रवासमा पनि धेरै राम्रा कलाकारहरु छन् - गायक आशुसेन लामा
राम छन्त्याल, २०६७ वैशाख १०, शुक्रवार
विशिष्ट प्रतिभाका धनी हुन् आशुसेन लामा । उनी गीत पनि गाउनुको साथै गीतको लागि संगीत तथा रचना आफै गर्छन् । गत वर्ष इण्डियन आइडल प्रशान्त तामाङको नमस्ते एल्बमका लागि रचनाकार तथा संगीतकार उनी आफै स्वयं हुन् । करिब एक वर्ष अगाडि कलकत्तामा साउथ एसियन सुपर स्टारको उपाधी चुमेपछि उनी नेपाली संगीतमा चम्किलो ताराको रुपमा उदाएका हुन् । यिनै प्रतिभावान स्रष्टा यही मे १ र २ तारिखमा हुने सांगितीक धमाका २०१० मा आफ्नो प्रस्तुति लिएर आउदै छन् । यसै क्रममा कार्यक्रमबारे कस्तो तयारी हुदैछ भन्ने जिज्ञासा लिने क्रममा हाम्रा संवाददाता राम छन्त्यालले उहाँसँग गरेको संक्षिप्त कुराकानी ।
READ MORE...
 
( Results : 1 - 10 of 69 )
     
     
WORLD PREMIERE
     
 
     
LATEST PROMO
     
 
     
POLL
निर्देशक तुलसी घिमिरेको जेठी छोरी भावना घिमिरे निर्देशक बन्ने कुरामा कत्तिको बिश्वस्त हुनुहुन्छ ?
१०० %
५० %
० %