|
बिकाश आचार्यको लेखन तथा निर्देशनमा रमेशजंग रायमाझीले निर्माण गरेको चलचित्र 'नाइ नभन्नु ल' को अडियो सिडीको सार्वजनिक गरियो । राजधानीको बानेश्वर स्थित अनमोल क्याटरिङमा आयोजित समारोहमा श्रम तथा यातायात मन्त्री मोहमद अफताब आलमको साथमा करिब एक दर्जन कलाकारहरूले सो सिडिको बिमोचन गरेका हुन् ।
डा कृष्णहरी बरालको शब्द र महेश खड्काको संगीत रहेको सीडिमा पाँच गीत छन् भने दिपक लिम्बु र रजिना रिमालले स्वर दिएका छन् । चलचित्रमा जीवन लुईटेल, ऋचा सिंह ठकुरी र सुमन सिंहको मुख्य भुमिका रहेको छ । कार्यक्रममा चलचित्रका दुई भिडियो गीत पनि सार्वजनिक गरिएको थियो ।
यसैगरी सोही कार्यक्रममा हिमालयन फिल्मस प्रालिको दोस्रो प्रस्तुतीको रूपमा भद्र भुजेलको निर्देशन तथा रमेशजंग रायमाझीले निर्माण गर्न लागेको चलचित्र चलचित्र "मलाई मन पर्र्यो" को शुभ -मूहुर्त भएको छ ।
श्रम मन्त्री अफताव आलमले क्ल्याप गर्दे चलचित्रको शुभ-मुहुर्मत गरेका हुन । राजबल्लभ कोइराला, जीवन लुइटेल र नायिका निरूता सिहबीचको त्रिकोणात्मक प्रेम कथालाई समेटेर निर्माण गरिन लागेको उक्त चलचित्रमा संगीत शम्भुजीत बास्कोटाको रहने छ भने हिमाल केसीको द्धन्द्धलाई दर्शकले हेर्न पाउने छन् । चलचित्रका दृश्यलाई शम्भु सापकोटाले क्यामेरामा कैद गर्ने छन् । |